२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाली खेलकुद: पदक जित्ने नेपालको सम्भावना क्षीण हुँदै



अ+ अ-

काठमाडौँ   । हाङन्झाव एसियाडको पुरुष क्रिकेटमा नेपाल आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भएको समूह ‘ए’ को दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले हरायो ।

नेपालले अब क्वाटरफाइनलमा भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशमध्ये एक टिमसँग खेल्ने छ । यी पाँच टिम सिधै क्वाटरफाइनल पुगेका हुन् भने नेपालसँगै तीन टिम पहिलो चरण पार गरेर क्वाटरफाइनल पुग्ने छन् ।

समूह चरणको खेलहरु सोमबार सकिएपछि क्वाटरफाइनलको ड्र हुनेछ । क्वाटरफाइनल खेल मंगलबार र बुधबारलाई तय गरिएको छ ।

नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १९.४ ओभरमा अलआउट हुनुअघि ७४ रन मात्र बनायो । माल्दिभ्सका लागि मुएवियाथ अब्दुल धानीले सर्वाधिक ३६ र सिउस फरिदले १० रन बनाए भने अनयले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

माल्दिभ्सलाई अलआउट गर्न नेपालका अभिनाश बोहराले उत्कृष्ट र कीफायती बलिङ गर्दै ३.४ ओभरमा ११ रन मात्र खर्चेर ६ विकेट लिए ।

टी–२० अन्तर्राष्ट्रियमा अभिनाश एकै खेलमा ६ विकेट लिने पहिलो नेपाली बलर समेत बने । यसअघि नेपालका सन्दीप लामिछाने र करण केसीले एकै खेलमा समान ५ विकेट लिएका थिए । सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले २७ बलको सामना गर्दै समान ३–३ छक्का र चौका प्रहार गर्दै सर्वाधिक ५२ रन बनाए ।

पहिलो खेलमा मंगोलियाविरुद्ध सबैभन्दा छिटो शतक पूरा गर्ने रेकर्ड बनाएका कुशल मल्लले २० बलमा दुई छक्का र तीन चौका मद्दतमा नटआउट ४७ रन योगदान गरे । कुशल भुर्तेल र गुलशन झाले समान ३५ रन बनाए भने विनोद भण्डारी १३ रनमा आउट भए ।

नेपालको सुरुआत राम्रो हुन नसकेपनि रोहित र कुशल मल्लले विष्फोटक ब्याटिङ गरेपछि २०० रनको आँकडा पूरा गरेको थियो । ९.३ ओभरमा ६७ रन हुँदा ४ विकेट गुमाएको नेपालले १० ओभरमा ७० रन मात्र बनाएको थियो । त्यसपछि रोहितले गुल्शन झासँग पाँचौ विकेटका लागि ७० रनको साझेदारी गर्दै इनिङलाई सम्हाले । गुल्शन आउट भएपछि रोहित र कुशल मल्लले ६० रनको साझेदारी गरे ।
बलिङतर्फ माल्दिभ्सका नाजवान स्माइलले तीन विकेट लिए । नसीर नाइल स्माइल, मोहम्मद म्युभान र थोलाल मोहम्मद रायाले एकएक विकेट लिए ।

आर्चरी : चारै खेलाडी छनोट चरण पार गर्न सफल
आर्चरीको पहिलो दिन आइतबार नेपालका चार खेलाडीले प्रतिस्पर्धा गरे । चारै खेलाडी पुरुषमा तिलक पुन मगर र योगेन्द्र शेरचन तथा महिलामा इमायुङ राई र मन्जु बजगाईं छनोट चरण पार गर्न सफल भए । चारैले व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

पुरुष व्यक्तिगत रिकर्भको ७० मिटरमा तिलकले ६ सय ३४ स्कोर गरे । सोही स्पर्धाको महिलामा मन्जुंले ५ सय ६ अंक जोडिन् । रिकर्भमा ७ सय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो ।

फुयाङ यिन्हु स्पोर्ट्स सेन्टरमा भएको व्यक्तिगत कम्पाउन्डको ५० मिटर दूरीको ७ सय पूर्णकङ्कमा पुरुषतर्फ ५२ वर्षीया योगेन्द्रले ६ सय २२ तथा महिलामा इमायुङले ६ सय ४७ को प्रदर्शन गरे । योगेन्द्र नेपालबाट सहभागी भएका सबैभन्दा पाका खेलाडी हुन् ।

स्क्वास
एसियाडअन्तर्गत स्क्वासको मिक्स टिम इभेन्टमा नेपाल हङकङसँग २–० ले पराजित भएको छ । हङकङले नेपाललाई २–० को सोझो सेटमा हरायो । नेपालका लागि अमृत थापा मगर र स्वस्थानी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । नेपालले पहिलो सेट ११–१ र दोस्रो ११–३ को प्रदर्शन ग¥यो ।

पुरुष सिंगल्सको अन्तिम ३२ मा नेपालका अमृत कुवेतका अब्दुल अलमेयेनबाट ३–० को सीधा सेटमा पराजित भए । अमृत ११–४, ११–२ र ११–५ ले चुके ।

पुरुष सिंगल्सकै अन्तिम ३२ को खेलमा नेपालका अरहान्तकेशर सिम्ह मलेसियाका मोहमद अदिनबाट ३–० ले पराजित भए । अरहान्तले ११–५, ११–३ र ११–३ को प्रदर्शन गरे ।

नेपालकी कृष्णा थापा महिला सिंगल्सको अन्तिम ३२ बाट बाहिरिएकी छिन् । अमृतकी सहोदर बहिनी कृष्ण दक्षिण कोरियाकी जियान लीविरुद्ध ११–३, ११–० र ११–३ ले पछि परिन् ।

महिला सिंगल्सको अन्तिम ३२ मा नेपालकी विपना ब्लोन थाइल्यान्डकी चुजित वारिट्साराबाट ११–७, ११–७ र ११–८ ले हारिन् ।

एथ्लेटिक्स
नेपालकी फूलमति रानाले हानझाओमा जारी १९औं एसियाली खेलकुदको १५ सय मिटर दौडमा १५औं स्थानमा टुंगाएकी छन् । १७ जना सहभागी उक्त स्पर्धामा फुलमति १५ औं भएकी हुन् ।

फुलमति राना

उनले निर्धारित दूरी ४ मिनेट ३७.६४ सेकेन्डमा पूरा गर्दै आफ्नो उत्कृष्ट प्रदर्शनको समयमा सुधार गरिन् । यसअघि उनले सन् २०२३ मा थाइल्यान्डको बैंककमा सम्पन्न एसियन च्याम्पियनसिपमा चार मिनेट ४९.२२ सेकेन्डको समयमा दौड पूरा गरेकी । आइतबार फूलमतिले लाओस र पाकिस्तानकी खेलाडीलाई पछि पारिन् ।

यस विधामा बहराइनकी मुतिल विनफ्रेडले स्वर्ण, भारतकी हरमिलन बेइन्सले रजत र बहराइनकै हिरपातो मार्ताले कांस्य जितिन् । (राखेपको बुलेटिनबाट)