२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता केसी रिहा



अ+ अ-

काठमाडौँ । अभिनेता अनमोल केसी रिहा भएका छन् । केसीलाई उनका काका उज्वल केसीको जिम्मामा छाडिएको छ ।

काठमाडौँ जिल्ला अदालतले अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज प्रहरीलाई अनुमति दिए पनि उनी हाजिरी जमानीमा रिहा भएका हुन् । केसीलाई हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिनुभयो ।

रिहा भएपछि केसी निर्माता सुनिलकुमार थापाको गाडी चढेर प्रहरी कार्यालयबाट बाहिरिएका छन् ।

शुक्रबार नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको साँगाबाट उनलाई पक्राउ गरी आपराधिक विश्वासघात गरेको कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको थियो ।

हिजो बिदा परेकाले आज अभिनेता केसीलाई अदालतमा पेश गरिएकामा तीन दिनको म्याद थप भएको थियो । उनलाई अभिभावकको हाजिरी जमानीमा रिहा गरिएको बताइएको छ ।

चलचित्र ‘रावायण’मा खेल्नका लागि केसीले १० लाख रुपैयाँ लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेपछि सोही जाहेरीका आधारमा पक्राउ गरिएको थियो ।