४ भाद्र २०८३, बिहीबार
,
Latest
अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन राप्रपाले गर्‍यो बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशन हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने नेप्से परिसूचक सात अङ्कले बढ्यो महाधिवेशन रोक्न अदालत जाने कांग्रेस संस्थापन इतर समूहको निर्णय पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’… इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा पाकिस्तानका शाहिन अफ्रिदीले बनाउन सक्नेछन् यस्तो रेकर्ड



अ+ अ-

एजेन्सी । पाकिस्तानका तिब्र गतिका बलर शाहिन अफ्रिदी आगामी एकदिवसीय विश्वकप २०२३ मा आफ्नो फड्को मार्न आतुर छन् । आफ्नो गति र स्विङले ब्याट्सम्यानको मनमा डर पैदा गर्ने शाहिन अफ्रिदीसँग आफ्नो नाममा विशेष कीर्तिमान बनाउने सुनौलो अवसर हुनेछ ।

शाहिन अफ्रिदी सबैभन्दा छिटो १०० विकेट लिने पाकिस्तानी बलर बन्न सक्छन् । अफ्रिदीलाई एकदिवसीय ढाँचामा विकेटको शतक पूरा गर्न १४ विकेट आवश्यक छ । बायाँ हाते फास्ट बलरले ४४ एकदिवसीय खेलमा २३.३६ को औसतमा ८६ विकेट लिएका छन् ।

पाकिस्तानका लागि सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान हाल सकलेन मुश्ताकको नाममा छ । सकलेन मुश्ताकले ५३ एकदिवसीय खेलमा १०० विकेट लिएका थिए । यदि शाहीन अफ्रिदीले अर्को ८ ओडीआईमा १४ विकेट लिए भने उनी सकलेन मुश्ताकको कीर्तिमान तोडेर सबैभन्दा छिटो १०० विकेट लिने पाकिस्तानी बलर बन्नेछन् ।

यदि पाकिस्तानका फास्ट बलरको कुरा गर्ने हो भने वकार युनिस (५९ ओडीआई)सूचीमा शीर्ष स्थानमा छन् । अफ्रिदीले वकारलाई पछि पार्न १४ ओडिआई खेल्न बाँकी छ । २३ वर्षीय शाहिन आगामी विश्वकपमा १०० विकेटको आँकडा पार गरेर पाकिस्तानलाई च्याम्पियन बनाउन चाहन्छन् ।

पाकिस्तानका लागि एकदिवसीयमा सबैभन्दा छिटो १०० विकेट लिने बलर
सकलेन मुश्ताक – ५३ खेल
वकार युनिस – ५९ खेल
शोएब अख्तर – ६० खेल
नावेद उल हसन – ६५ खेल
उमर गुल – ६७ खेल

एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान नेपालका लेग स्पिनर सन्दीप लामिछानेको नाममा छ । सन्दीपले मात्र ४२ खेलमा १०० विकेट लिएका छन् । अफगानिस्तानका स्टार लेग स्पिनर राशिद खान यो सूचीमा दोस्रो स्थानमा परेका छन् । खानले ४४ खेलमा सय विकेट पूरा गरेका छन् ।

एकदिवसीय ढाँचामा सबैभन्दा छिटो १०० विकेट लिने शीर्ष ५ बलर
सन्दीप लामिछाने (नेपाल) – ४२
राशिद खान (अफगानिस्तान) – ४४
मिचेल स्टार्क (अष्ट्रेलिया) – ५२
सकलेन मुश्ताक (पाकिस्तान) – ५३
शेन बोन्ड (न्यूजील्याण्ड) – ५४