• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

विश्वकपमा पाकिस्तानका शाहिन अफ्रिदीले बनाउन सक्नेछन् यस्तो रेकर्ड



एजेन्सी । पाकिस्तानका तिब्र गतिका बलर शाहिन अफ्रिदी आगामी एकदिवसीय विश्वकप २०२३ मा आफ्नो फड्को मार्न आतुर छन् । आफ्नो गति र स्विङले ब्याट्सम्यानको मनमा डर पैदा गर्ने शाहिन अफ्रिदीसँग आफ्नो नाममा विशेष कीर्तिमान बनाउने सुनौलो अवसर हुनेछ ।

शाहिन अफ्रिदी सबैभन्दा छिटो १०० विकेट लिने पाकिस्तानी बलर बन्न सक्छन् । अफ्रिदीलाई एकदिवसीय ढाँचामा विकेटको शतक पूरा गर्न १४ विकेट आवश्यक छ । बायाँ हाते फास्ट बलरले ४४ एकदिवसीय खेलमा २३.३६ को औसतमा ८६ विकेट लिएका छन् ।

पाकिस्तानका लागि सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान हाल सकलेन मुश्ताकको नाममा छ । सकलेन मुश्ताकले ५३ एकदिवसीय खेलमा १०० विकेट लिएका थिए । यदि शाहीन अफ्रिदीले अर्को ८ ओडीआईमा १४ विकेट लिए भने उनी सकलेन मुश्ताकको कीर्तिमान तोडेर सबैभन्दा छिटो १०० विकेट लिने पाकिस्तानी बलर बन्नेछन् ।

यदि पाकिस्तानका फास्ट बलरको कुरा गर्ने हो भने वकार युनिस (५९ ओडीआई)सूचीमा शीर्ष स्थानमा छन् । अफ्रिदीले वकारलाई पछि पार्न १४ ओडिआई खेल्न बाँकी छ । २३ वर्षीय शाहिन आगामी विश्वकपमा १०० विकेटको आँकडा पार गरेर पाकिस्तानलाई च्याम्पियन बनाउन चाहन्छन् ।

पाकिस्तानका लागि एकदिवसीयमा सबैभन्दा छिटो १०० विकेट लिने बलर
सकलेन मुश्ताक – ५३ खेल
वकार युनिस – ५९ खेल
शोएब अख्तर – ६० खेल
नावेद उल हसन – ६५ खेल
उमर गुल – ६७ खेल

एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान नेपालका लेग स्पिनर सन्दीप लामिछानेको नाममा छ । सन्दीपले मात्र ४२ खेलमा १०० विकेट लिएका छन् । अफगानिस्तानका स्टार लेग स्पिनर राशिद खान यो सूचीमा दोस्रो स्थानमा परेका छन् । खानले ४४ खेलमा सय विकेट पूरा गरेका छन् ।

एकदिवसीय ढाँचामा सबैभन्दा छिटो १०० विकेट लिने शीर्ष ५ बलर
सन्दीप लामिछाने (नेपाल) – ४२
राशिद खान (अफगानिस्तान) – ४४
मिचेल स्टार्क (अष्ट्रेलिया) – ५२
सकलेन मुश्ताक (पाकिस्तान) – ५३
शेन बोन्ड (न्यूजील्याण्ड) – ५४