५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिपेन्द्र सिंह ऐरीलाई प्रहरी महानिरीक्षकको बधाई



अ+ अ-

काठमाडौँ । नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तानसमेत रहनुभएका राष्ट्रिय खेलाडी दिपेन्द्र सिंह ऐरीलाई प्रहरी महानिरीक्षक वसन्तुबहादुर कुँवरले बधाई ज्ञापन गर्नुभएको छ ।

ऐरीले मित्रराष्ट्र चीनमा भइरहेको १९औँ एशियन खेलअन्तर्गत टी–२० क्रिकेटतर्फ विश्व रेकर्ड राख्न सफल भएको भन्दै प्रहरी महानिरीक्षक कुँवरले बधाई ज्ञापन गर्नुभएको हो ।

सन् २०२३ सेप्टेम्बर २७ मा मङ्गोलिया विरुद्धको खेलमा राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय पुरूष क्रिकेट टिमको तर्फबाट आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्धशतक पूरा गरी उहाँले कीर्तिमान कायम गर्नुभएको थियो ।

प्रहरी महानिरीक्षक कुँवरले आज नेपाल प्रहरीको तर्फबाट कप्तान ऐरीलाई हार्दिक बधाई दिनुको साथै नेपाली खेलाडीलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो । चीनमा भइरहेको १९औँ एशियन गेम्समा नेपाल प्रहरीको तर्फबाट पुरुष क्रिकेट, कराते, महिला फुटबल, टेबलटेनिस, तेक्वान्दो, उसु, जुडो, बक्सिङ, ब्याडमिण्टन, कबड्डी, आर्चरी, महिला भलिबल, पुरुष भलिबल, एथ्लेटिक्स तथा भारोत्तोलनलगायत खेलमा ४७ खेलाडी सहभागी छन् ।




भर्खरै