१ पुष २०८२, मंगलवार
,
Latest
ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन विलियम्सनले विश्वकपको उद्घाटन खेल नखेल्ने



अ+ अ-

एजेन्सी । न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले एकदिवसीय विश्वकप २०२३ को पहिलो खेल गुमाउने भएका छन् ।

उनी पूर्णरुपमा फिट नभएकाले पहिलो खेल खेल्ने छैनन् । साविक उपविजेता न्यूजिल्याण्डले आफ्नो पहिलो खेल अक्टोबर ५ मा साविक विजेता इंग्ल्याण्डसँग खेल्नेछ ।

न्यूजिल्याण्डका मुख्य प्रशिक्षक ग्यारी स्टेडका अनुसार चोटबाट निको हुँदै गरेका विलियम्सनले इंग्ल्याण्डविरुद्ध खेल्ने छैनन् ।

आईपीएल २०२३ (३१ मार्च) को पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध बाउन्ड्री लाइनमा क्याच लिन खोज्दा विलियम्सन घाइते भएका थिए । उनको दाहिने घुँडामा चोट लागेको थियो ।

यसपछि उनी पूरै सिजन यस लिगबाट बाहिर भए । विलियमसन न्युजिल्यान्ड फर्किए र अप्रिलमा शल्यक्रिया गरेका थिए । उनी आईपीएलको यो सिजनमा गुजरात टाइटन्सको टिममा थिए ।

विश्वकप खेल्ने न्युजिल्यान्डको टोलीः
केन विलियम्सन (कप्तान), ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कोनवे, लोकी फर्ग्युसन, म्याट हेनरी, टम लाथम (उप–कप्तान, विकेटकीपर), डेरिल मिचेल, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल स्यान्टनर, इश सोधी, टिम साउथी र विल यंग ।

एकदिवसीय विश्व अक्टोबर–नोभेम्बरमा ४६ दिनसम्म भारतमा हुनेछ, जसमा ४८ खेल हुनेछन् । पहिलो खेल अक्टोबर ५ मा अहमदाबादमा गत विश्वकपको विजेता र उपविजेता इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच हुनेछ । नोभेम्बर १२ सम्म लिग चरणका ४५ खेल हुनेछन् । दुई सेमिफाइनल १५ र १६ नोभेम्बरमा र फाइनल १९ नोभेम्बरमा अहमदाबादमा हुनेछ ।