
काठमाडौं । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच बुटवलमा झडप भएको छ ।
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोध तथा स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै अनेरास्ववियु रूपन्देहीले गरेको प्रदर्शनमा प्रहरी र अनेरास्ववियुका विद्यार्थीबीच झडप भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि अनेरास्ववियुका कार्यकर्ताले प्रदर्शन गर्नेक्रममा प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।
झडपमा परी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, अनेरास्ववियु जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, बुटवल नगर कमिटी अध्यक्ष रोशन घिमिरेलगायत घाइते भएको अनेरास्ववियुले जनाएको छ ।
नगर कमिटी अध्यक्ष घिमिरको टाउकोमा गम्भीर चोट लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको अनेरास्ववियुले जाकारी दिएको छ ।
तस्बिरः सरोज पोखरेल