• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयक पेश



काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारले विद्यालय शिक्षा विधेयक पेश गरेको छ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधेयक पेश गर्नुभएको हो ।

मन्त्रिपरिषद्बाट पारित भई विधेयक यसअघि नै संघीय संसद्मा दर्ता भएको थियो। विधेयकका कतिपय प्रावधानलाई लिएर नेपाल शिक्षक महासंघ र राहत शिक्षक लगायतले विरोध गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए।

उनीहरूका माग विधेयक संशोधनका क्रममा समावेश गर्ने सहमति सरकारले गरेको थियो। विधेयक पेश गर्दै मन्त्री राईले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेको बताउनुभयो ।

उहाँले विधेयकमा शिक्षकको पेशागत हकहितका लागि संगठित हुन शिक्षक महासंघको व्यवस्था विधेयकमा गरिएको तर कुनै दलमा आबद्ध हुन नपाउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।