६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पाँच वर्षमा सडक दुर्घटनामा १२ हजार आठ सयको मृत्यु, ८० हजार घाइते

पाँच वर्षमा सडक दुर्घटनामा १२ हजार आठ सयको मृत्यु, ८० हजार घाइते
अ+ अ-

काठमाडौँ । सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवाला तथा आमनागरिकको भूमिका र जिम्मेवारी बोध गराउने उद्देश्यले काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा आजदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८०’ सुरु भएको छ ।

सवारी चालक, सडक प्रयोगकर्तालगायत आमनागरिकलाई सडक सुरक्षा र दुर्घटना न्यूनीकरण सम्बन्धमा सुसूचित गराउने, सडक अनुशासन र सुरक्षित प्रयोगका सम्बन्धमा सचेत गराउने उद्देश्यका साथ सप्ताह सुरु गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

उपत्यका केन्द्रित बसाइसराइँ, सहरीकरणलगायतबाट भइरहेको जनसङ्ख्या वृद्धि, सवारी चाप, सवारी व्यवस्थापनमा प्रविधिको प्रयोगको कमी, फुटपाथ अतिक्रमण, सवारी नियम तथा ट्राफिक नियमसम्बन्धी ज्ञानको कमीलगायत कारणबाट काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल एवं चुनौतीपूर्ण बन्दै गइरहेको छ । अहिले पनि काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापन ट्राफिक प्रहरीको हातको इसाराको भरमा चल्दै आइरहेको छ ।

देशभरि ६३ लाख सवारी साधन दर्ता छन् । काठमाडौँ उपत्यकामा मात्रै करिब १८ लाख सवारी साधन दर्ता भएको र करिब १४ लाख सवारी दैनिक सडकमा गुड्ने अनुमान गरिएको छ ।

पछिल्लो पाँच वर्षमा देशभर १२ हजार आठ सयको सडक दुर्घटनामा मृत्यु भएको छ भने उपत्यकामा मात्रै हजारभन्दा बढीको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । पाँच वर्षमा सडक दुर्घटनामा परी करिब ८० हजार घाइते भएका छन् ।

गत आवमा सवारी दुर्घटनाबाट मुलुकभर दुई हजार आठ सय ८३, आव २०७८/७९ मा दुई हजार तीन सय ७६, आव २०७७/७८ मा दुई हजार पाँच सय, आव २०७६/७७ मा दुई हजार दुई सय ५१ र आव २०७५/७६ मा दुई हजार सात सय ८९ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यकामा हाल एक हजार तीन १३ ट्राफिक दरबन्दी रहेको छ । दरबन्दीभन्दा बढी प्रहरीलाई ट्राफिक व्यवस्थापनमा खटाइएको प्रहरीले जनाएको छ । उपत्यकामा मात्रै एक हजार आठ सय २२ ट्राफिक सवारी व्यवस्थापनमा खटिइएका छन् ।

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन थुप्रै चुनौती आइपरेको उल्लेख गर्दै ट्राफिक प्रमुख पोखरेलले सडक संरचना व्यवस्थित हुन नसक्नु, सवारी साधन अत्यधिक वृद्धिलगायत कारणबाट सडक दुर्घटना बढेको बताउनुभयो । उपत्यकामा बर्सेनि साना ठूला १० हजार बढी सडक दुर्घटना हुने गरेको छ । सो दुर्घटनामा परी करिब दुई सयको मृत्यु तथा आठ हजार बढी घाइते भएका छन् ।

ट्राफिक प्रहरी प्रमुख पोखरेल विशेषगरी दुई पाङ्गे सवारी सधानको चालकको असावधानी तथा लापरबाहीपूर्ण व्यवहार, मादक पदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, तीव्र गतिमा सवारी चलाउनेलगायत कारणबाट दुर्घटना बढेको बताउनुहुन्छ । “समयानुकूल भौतिक पूर्वाधारमा सुधार नहुनु, सडकको अवस्था र प्रविधिको अभावसमेत दुर्घटनाको कारक बनेको छ”, उहाँले भन्नुभयो ।

प्रमुख पोखरेलले ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्र ट्राफिक व्यवस्थापन कार्य सम्भव नहुने हुँदा सम्पूर्ण सरोकारवाला निकायको सहकार्य एवं जिम्मेवारीपूर्ण भूमिका आवश्यक रहेको बताउनुभयो ।

“सडकमा ट्राफिक प्रहरीको परिश्रम हाम्रै लागि हो भन्ने मनन् गरी ट्राफिक नियम र सडक अनुशासन पालना गरी सडक सभ्यताको विकास गर्नु सबैको साझा दायित्व हो”, उहाँले भन्नुभयो, “सवारी व्यवस्थापन र सहज आवागमनका लागि सबैको हातेमालो र नियम पालना प्रतिको प्रतिबद्धताले मात्र दुर्घटनारहित सुरक्षित यात्रा सम्भव छ ।”

ट्राफिक प्रहरी स्थापनाको सात दशक
नेपालमा विसं २००७ मा स्थापना भएको रामदलबाट ट्राफिक नियन्त्रण कार्यको प्रारम्भ भएको थियो । विसं २००९ मा पहिलो पटक ‘ट्राफिक पुलिस डिट्याचमेन्ट’को स्थापना गरी तत्कालीन बग्गीखाना हालको काठमाडाँै उपत्यका ट्राफिक प्रहरी कार्यालय रहेको स्थानमा कार्यालय सञ्चालन गरेको इतिहास छ ।

ट्राफिक प्रहरीको व्यवस्थासँगै प्रहरीले सवारी व्यवस्थापन गरी विद्यमान ऐन नियमको पालना गराउनुका साथै सवारी नियम उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउँदै आएको छ । सडक दुर्घटना न्यूनीकरण गर्दै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रयासरत छ ।

साँघुरा सडक तथा सीमित सडक सञ्जाल, सम्पूर्ण खोला करिडोर निर्माण तथा सञ्चालन नहुनु तथा सार्वजनिक यातायत क्षेत्रमा हुने अस्वस्थ प्रतिस्पर्धाले ट्राफिक व्यवस्थामा कठिनाइ पैदा भएको ट्राफिक प्रहरीको भनाइ छ । लेन अनुशासनको उल्लङ्घन, तीव्र गति, ट्राफिक लाइटको वेवास्ता, जथाभावी यात्रु चढाउने र ओराल्ने कार्यले ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ ।

मापदक पदार्थ तथा लागुऔषध सेवन गरेर सवारी चलाउने, पैदलयात्रुले जथाभावी बाटो काट्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीको भनाइ छ । दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

ट्राफिक सचेतना सप्ताहको अगाडि दरबारमार्गबाट ट्राफिक सचेतनासम्बन्धी प्लेकार्ड बोकिएको प्रभातफेरि निकालिएको थियो । प्रभातफेरिमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले, गृहसचिव दिनेशकुमार भट्टराई, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, प्रहरी महानिरीक्षक, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभागका महानिर्देशक, यातायात व्यवसायी, युवाविद्यार्थी तथा सर्वसाधारणको सहभागिता थियो । रासस