१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँः परराष्ट्र सचिव राई भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीलाई बोनस बाँड्न भ्याउँने आयल निगमको घाटा के हो ? निर्क्योल गरियोस्– रवि लामिछाने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आयाल निमगमाथि प्रश्न उठाएका छन् ।

आईतवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले चीन भ्रमणबाट मुड फ्रेस गरेर आउनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको मुड अफ हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै आपत्ति जनाए ।

उनले कर्मचारीलाई सधैं बोनस बाँड्ने निगम कसरी घाटामा जान्छ भन्दै प्रश्न गरे । ‘आयल निगम आयात पनि आफैं गर्छ । व्यापार पनि आफैं गर्छ । नियामक निकाय पनि उही हो । सबै कुरा आफैं गर्छ । कर्मचारीलाई बोनस बाँड्न भ्याउँछ । तर, सधैं घाटामा छु भन्छ ।’, उनले भने, ‘घाटा के हो ?निर्क्योल गरियोस् । अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएको हो भने घटेका बेलामा मूल्य घटाउन दुईतीन दिन किन लगाउँछ ?’