५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरण: उच्चस्तरीय छानबिन आयोग गठन सरकार सहमत



फाइल तस्बिर
अ+ अ-

काठमाडौँ । सुन तस्कारी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन आयोग गठन गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भएको छलफल पछि सरकार आयोग गठन गर्न सहमति भएको हो । आजका प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने र बैठक अगावै आयोगको घोषणा गर्ने सहमतिको भएको छलफलमा सहभागी एक नेताले जानकारी दिनुभयो ।

सुन तस्करी प्रकरणमा आयोग बनाउने विषयमा सरकार पूर्वसहमतिबाट पन्छिएको भन्दै एमालेले आजको सदन अवरोध गर्ने तयारी गरेको थियो ।

बालुवाटार बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसबाट उपसभापति एवं उपप्रधान तथा गृहमन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ,एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र सचेतक महेश बर्तौला सहभागि रहनु भएकाे थियाे  ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिने क्रममा सिनामङ्गलमा करिब ६१ किलो सुन बरामद भएको थियो । सुन तस्करी प्रकरण मा एमालले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गर्दे लामो समय सम्म संसद अबरोध गरेको थियो । असोज ५ गते भित्र आयोग गठन गर्ने सहमति पछि संसद सुचारु भएको थियो ।