७ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

आवश्यकताअनुसार बन्दाबन्दी गर्न चिकित्सकको सुझाव



अ+ अ-

काठमाडौं । नेपालमा कोरोनाको दोस्रो लहर भयावह बन्दै गएको देखिएको छ । अघिल्लो वर्ष मङ्सिरपछि बिस्तारै कोरोना संक्रमितको संख्या घट्दै गई शून्यमा झरेकोमा दोस्रो लहर शुरू भएपछि चैतपछि बिस्तारै संक्रमितको संख्या बढ्दै गएको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले अघिल्लो वर्ष क्रमशः संक्रमण बढेकोमा यस वर्ष शुरुआती समयमै ह्वात्तै संक्रमण बढेकाले यसले भयावह निम्त्याउने संकेत गरेको बताए ।

‘कोरोना आगामी केही सातामै चुनौतीपूर्ण हुन सक्ने भएकाले बेलैमा यसलाई रोक्न कडाइका साथ स्वास्थ्य मापदण्ड अपनाउने र भौतिक भेटघाटविनाको जीवनशैली अपनाउनुको विकल्प छैन,’ उनले भने । बन्दाबन्दी विकल्प नभएको बताउँदै उनले सरकारले छोटो समयका लागि आवश्यकताअनुसार बन्दाबन्दी गरी त्यसबीचमा कोरोनासँग लड्न आवश्यक तयारी गर्नुपर्ने उनको भनाइ छ ।

नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि हाल आईसीयू र भेन्टिलेटर लगभग भरिसकेको चिकित्सकहरूले बताउँदै आएकोमा बिरामीले अस्पतालमा बेड नपाएको बताउँदै आएका छन् । आर्थिक अभियान दैनिकमा समाचार छ ।