• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

सुर्खेतमा स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत भेटिए, स्थिती तनावग्रस्त



सुर्खेत। सुर्खेत वीरेन्द्रनगरस्थित उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा बालक मृत भेटिएका छन् । वीरेन्द्रनगर–६ घण्टाघर नजिक रहेको उक्त विद्यालयमा कक्षा २ मा अध्ययनरत ८ वर्षीय बालक मृत भेटिएका हुन् ।

दैलेख चामुण्डा विन्द्रासैनी नगरपालिका–१ का ८ बर्षीय सलाम पुलामी मगर स्कुलमा नै मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनी होस्टेलको खाटमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

शुक्रबार साँझ बालक झुण्डिएको अवस्थामा फेला पछि आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै विद्यालय र होस्टेल तोडफोड गरेका छन् ।साथै, कक्षा कोठा र होस्टेलमा रहेका सामानहरु बाहिर ल्याई जलाएका छन् । स्थितीलाई कन्ट्रोल गर्न प्रहरीले ७ राउन्ड अश्रु ग्याँस समेत प्रहार गरेको छ ।