२२ असार २०८३, सोमबार
,
Latest
बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’ स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री नेप्से परिसूचक २६ अङ्कले घट्यो आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ :  श्रम मन्त्री… काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता…
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगंज साईकलिङ्ग क्लबद्वारा पर्सेली सञ्चारकर्मीहरुलाई स्वास्थ्य समाग्रि हस्तान्तरण



अ+ अ-

पर्सा । नेपाल पत्रकार महासंघ पर्सा शाखालाई वीरगंज साईकलिङ्ग क्लबले माक्स तथा सेनिटाईजर सहयोग गरेको छ । नेपाल पत्रकार महासंघको सभाहलमा वीरगंज साईकलिङ्ग क्लबका अध्यक्ष संजय कुमार अग्रवालले स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य समाग्रिहरु सहयोग गरेका हुन् । 

दोस्रो चरणको कोरोना महामारीमा संक्रमितको संख्या बढ्दै गएकाले स्वास्थ्य सचेतना तथा समाचार संकलनमा सहयोग पुग्ने उदेश्यले पर्सेली सञ्चारकर्मीहरुका लागी तीन हजार पिस माक्स तथा ५० पिस सेनिटाईजर सहयोग गरेका हुन् । महासंघ सभाहलमा साईकलिङ्ग क्लबका अध्यक्ष संजय कुमार अग्रवाल र सचिव अनुप अग्रवालले नेपाल पत्रकार महासंघका अध्यक्ष अनुप तिवारी, उपाध्यक्ष युवराज खड्का र सचिव भुषण यादवलाई उक्त समाग्रिहरु हस्तनान्तरण गरेका हुन् ।
 
वीरगंज महानगरमा कोरोना संक्रमण बढ्दै गएको र आवश्यक उपचार तथा परिक्षणको अभाव भएको बेला यस सहयोगले सञ्चारकर्मीहरुको सामाचार तथा सूचना संकलनमा सहयोग पुग्ने महासंघका अध्यक्ष अनुप तिवारीले बताउनुभयो ।