३० कार्तिक २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छः परराष्ट्रमन्त्री डा राणा कोप–२९ सम्मेलन: नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी ऊर्जामन्त्री खड्का र नेपालका लागि जर्मनीका राजदूतबीच शिष्टाचार भेट उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना नेपाली यु–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने मिस म्यानेजमेण्ट नहुने गरी काम गर्न नेपाल बैंक व्यवस्थापनलाई गभर्नर अधिकारीको निर्देशन समाचार संकलनका लागि पुगेका पत्रकारमाथि कास्की प्रहरीको दुर्व्यवहार स्पेनको वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो हेलो रोबोट ! तिम्रो नाम के हो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुबई पठाइदिन्छु भनी तीन लाख ठगी गर्ने पक्राउ



अ+ अ-

काठमाडौँ । वैदेशिक रोगारीका लागि दुबई पठाइदिन्छु भनी रु तीन लाख रकम ठगी गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा अर्घखाँची भूमिकास्थान नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ काडाँघारी बस्ने ३२ वर्षीय अशोक भट्टराई रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार निजले अजयकुमार महतोलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने र त्यसका लागि रु तीन लाख पाँच हजार लाग्ने एवं दुबई पुगेपछि वाइक राइडरमा काम लगाइदिने भनी विश्वास दिलाएर पीडितबाट पटक–पटक गरी जम्मा रु तीन लाख रकम लिई ठगी गरेको आरोपमा आज दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरिएको हो ।

निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । रासस