६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विश्व मुटु दिवस: युवा अवस्थामा नै मुटुको समस्या

विश्व मुटु दिवस: युवा अवस्थामा नै मुटुको समस्या
अ+ अ-

काठमाडौँ । आज नेपालसहित विश्वभर नै ‘विश्व मुटु दिवस’ मनाइँदै छ । ‘मुटुबारे जानौँ र मुटु बचाऔँ’ भन्ने मूल नाराका साथ दिवस बनाउन थालिएको हो ।

दिवसका अवसरमा सहिद गङ्गलाल राष्ट्रिय हृदयरोग केन्द्रले आज बेलुका मुटुसम्बन्धी जनचेतना जगाउन उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरेको छ ।

अहिले युवावस्थामा नै मुटुमा समस्या हुँदा धेरै मानिसलाई हृदयघात हुने गरेको छ । युवावस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार हृदयघात हुनेमध्ये १२ प्रतिशत बिरामी ४५ वर्षमुनिका युवा रहेका छन् । “युवाहरूमा बढ्दै गएको चुरोट तथा सुर्ती सेवनले हृदयघातको समस्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “खासगरी ४५ वर्षमुनिका १२ प्रतिशत युवामा हृदयघात हुनुका मुख्य कारण चुरोट र सुर्ती सेवन देखिएको छ ।”

डा अधिकारीका अनुसार चुरोट र सुर्तीबाहेक युवामा बढ्दै गएको अस्वस्थ्य खानपान, मोटोपना, निष्क्रिय जीवनशैली, तनाबलगायत पनि कम उमेरमै हृदयघात हुने गरेको छ । हृदयघात वङ्शाणुगतका कारण पनि हुने गरेको उहाँको भनाइ थियो । पैतालीस वर्ष कटेपछि वर्षमा एकपटक मुटुको नियमित जाँच गराउनुपर्ने चिकित्सकहरू बताउँछन् ।

खासगरी पुरुष ५५ र महिला ६५ वर्ष नाघेपछि उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, मोटोपना, हर्मोन, चिल्लो खानापन, तनावलगायत कारणले हृदयघात हुने गरेको केन्द्रका कार्यकारी निर्देशक डा अधिकारीले बताउनुभयो । नियमित व्यायाम गर्नेमा भन्दा व्यायाम नगर्नेमा हृदयघातको जोखिम बढी हुने उहाँले उल्लेख गर्नुभयो ।

“बिरामीको छाती भारी जस्तो हुने, छातीमा ढुङ्गा राखेको जस्तो लाग्ने, अलिकति हिँड्यो भने दु:खाइ बढ्दै जाने हुन्छ । आराम गर्यो भने कम हुन्छ । यस्तो हुदाँ नशा साँघुरो भएर मुटुलाई रगत पुगेको हुँदैन ”, डा अधिकारीले भन्नुभयो, “हृदयघात हुने बेला रगत मुटुमा जान पाउँदैन । हृदयघात भनेको मुटुमा रक्तसञ्चार नहुनु हो । त्यतिबेला दु:खाइ निरन्तर भइरहन्छ र आराम गर्दा पनि कम हुँदैन र हृदयघात हुन्छ ।”

उहाँका अनुसार विगत १० वर्षको तथ्याङ्क अनुसार मुटुरोगका बिरामीमध्ये ५० प्रतिशत हृदयघात भएका बिरामी छन् । मुटुसम्बन्धी रोग विश्वव्यापीरूपमा मृत्युको प्रमुख कारण बन्दै गइरहेको डा अधिकारीले बताउनुभयो । हृदयघातका कारण करिब १६ प्रतिशत बिरामीको मृत्यु हुने गरेको भन्दै उहाँले मुटुसम्बन्धी रोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउन सुझाव दिनुभयो ।

मुटुरोगबाट बच्ने उपाय

स्वस्थ खानेकुरा खाने, शरीरको तौल नियन्त्रणमा राख्ने, कोलेस्ट्रोल र रक्तचाप नियन्त्रणमा राख्ने, शारीरिक व्यायाम गर्ने, धुमपान र मद्यपान नगर्ने, मानसिक तनाव व्यवस्थापन गर्ने रहेका सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा अधिकारीले बताउनुभयो ।

दैनिक ३० मिनेट हिँड्ने, हरियो, तरकारी र फलफूल खाने, नुन, चिनी तथा चिल्लो कम खाने, बालबालिकाको घाँटी दुख्दा, टन्सिल बढ्दा तुरुन्त औषधि गराउने, पिरचिन्ता नलिने, कसैसँग नरिसाउने, दैनिक छदेखि आठ घण्टा सुत्नेलगायत क्रियाकलाप गरे मुटुरोगबाट बच्न सकिने उहाँको भनाइ थियो ।

कार्यकारी निर्देशक डा अधिकारीका अनुसार अस्पतालमा आएकामध्ये एक हजार छ सय बिरामीको मुटुको शल्यक्रिया गरिन्छ । त्यस्तै एक वर्षमा हृदयघात भएर एक हजार आठ सय मानिस उपचारका लागि आउने गरेका उहाँले जानकारी दिनुभयो । रासस