• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर– संसदीय समिति



काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरकारलाई चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।

समितिमा चिकित्सक संघसंस्थामा आबद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।

समितिका सभापति भानुभक्त जोशीले समितिको निर्णय पढेर सुनाउनुभएको थियो । चिकित्सकमाथी दुर्ववहार गर्नेलाई कारबाही गर्न र हिंसारहित भयरहित वातावरण सृजना गर्न समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यसैगरी स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्या समाधान गर्न उपसमिति तथा अध्ययन कार्यदल गठन गर्न पनि निर्देशन दिइएको छ ।