१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

पार्टी विभाजनको पक्षमा कमल थापा नरहेको राप्रपाका उपाध्यक्ष प्रधानको दाबी (भिडियो सहित)

पार्टी विभाजनको पक्षमा कमल थापा नरहेको राप्रपाका उपाध्यक्ष प्रधानको दाबी (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पार्टीका पूर्वअध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दावी गर्नु भएको छ । 

पूर्वअध्यक्ष थापाले सोमबार काठमाडौंमा आयोजना गर्नु भएको चियापान कार्यक्रममा सहभागी हुनु भएको उपाध्यक्ष प्रधानले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उहाँ पार्टी एकताकै पक्षमा रहेको बताउनु भएको हो । उहाँले महाधिवेशनले दिएको जिम्मेवारीलाई बहन गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूहरु प्रतिवद्ध रहेको पनि बताउनु भयो । त्यसका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको भूमिका सबैभन्दा बढि हुने उपाध्यक्ष प्रधानको भनाई थियो ।

उहाँले पार्टीलाई एकतावद्ध बनाएर लैजान आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । उपाध्यक्ष प्रधानले भन्नु भयो,  ‘उहाले पार्टी फुटाउने सोच्नु भएको जस्तो मलाई लागेको छैन । महाधिवेशनले निर्वाचित गरेको हुनाले मेरो दायित्व पार्टीलाई एकतावद्ध बनाएर लैजाने हो । त्यो दायित्व निर्वाचित अध्यक्षको पनि हुन्छ । हामी पार्टी एकताको पक्षमा छौ । एकतावद्ध भएर लैजाने प्रतिवद्धता व्यक्त गर्दछु ।’

पार्टीकी महामन्त्री कुन्ती शाहीले पनि पार्टी विभाजनको पक्षमा पूर्वअध्यक्ष थापा नरहेको बताउनु भयो । उहाँले पार्टी नेतृत्वले विगतमा पार्टीमा दुःख गरेका कुनै पनि नेता, कार्यकर्तालाई पार्टी भित्र समेटेर लैजानुपर्ने बताउनु भयो । महामन्त्री शाहीले भन्नु भयो, ‘पार्टीका पूर्व अध्यक्ष थापा पार्टीलाई पार्टी विभाजनको पक्षमा हुनुहुन्न । बरु उहाँले पार्टीलाई सशक्त बनाउन देशव्यापी अभियान चलाउने धारणा राख्नु भएको छ । विगतमा पार्टीमा योगदान गरेका, दुःख गरेका सबै नेता, कार्यकर्तालाई समेटेर पार्टीमा विभाजन आउन नदिन पार्टी नेतृत्व बढि नै सचेत हुनुपर्छ ।’

महामन्त्री शाहीले पार्टीलाई सशक्त बनाउन सबै नेताहरु एकतावद्ध भएर अघि बढनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।