६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

एकदिवसीय विश्वकप: यी ३ टिम हुन् मुख्य दाबेदार

एकदिवसीय विश्वकप: यी ३ टिम हुन् मुख्य दाबेदार
अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेटको अभ्यास खेल आज (शुक्रबार)देखि सुरु हुँदैछ । प्रतियोगिताका मुख्य खेलहरु अक्टोबर ५ बाट सुरु हुनेछन् । गत विश्वकप जस्तै यस पटक पनि विश्वकपमा १० टोलीको सहभागिता रहेको छ । यीमध्ये भारत, अष्ट्रेलिया र इङ्ल्यान्डलाई उपाधि जित्ने सबैभन्दा बलियो दाबेदार टोली मानिन्छ ।

अष्ट्रेलियाः


हाल आईसीसी ओडीआई वरीयतामा नम्बर ३ मा रहेको अष्ट्रेलियाको टोली ५ पटकको एकदिवसीय विश्व च्याम्पियन हो । आईसीसीको कुनै पनि प्रतियोगितामा अष्ट्रेलिया सबैभन्दा खतरनाक टिम बन्दै आएको छ । उसँग टी–२० विश्वकप, च्याम्पियन्स ट्रफी र विश्व टेस्ट च्याम्पियनसिपको उपाधि पनि छ ।

यी चार तथ्यहरुका कारण अष्ट्रेलियालाई विश्वकप जित्ने प्रमुख दाबेदार मानिन्छ ।
तथ्य १ः अष्ट्रेलियाले २८ वर्षदेखि लगातार नकआउट खेलिरहेको छ
अस्ट्रेलिया सन् १९९६ देखि लगातार एकदिवसीय विश्वकपको नकआउट चरणमा पुग्दै आएको छ । टोलीले सन् १९९६ मा फाइनल खेलेको थियो । अस्ट्रेलियाले सन् १९९९, २००३ र २००७ गरी ह्याट्रिक उपाधि जितेको थियो । सन् २०११ मा अष्ट्रेलिया क्वार्टरफाइनलमा भारतसँग पराजित भएको थियो । २०१५ मा टोली फेरि च्याम्पियन भयो । उसले २०१९ विश्वकपमा पनि सेमिफाइनल खेलेको थियो ।

तथ्य २ः विश्वकपमा सबैभन्दा धेरै खेल जित्ने कीर्तिमान
एकदिवसीय विश्वकपमा सबैभन्दा धेरै खेल जित्ने कीर्तिमान पनि अस्ट्रेलियाको नाममा छ । टोलीले सबैभन्दा बढी ९४ खेल खेलेको छ र सर्वाधिक ६९ खेल जितेको छ । ७३.४० जित प्रतिशत पनि विश्वकप टोली बीचको उत्कृष्ट हो । सन् १९९९ देखि २०११ सम्म लगातार ३४ खेलमा अपराजित रह्यो । यस अवधिमा एक एक खेल बराबरी र अनिर्णित रह्यो ।

तथ्य ३ः भारतमा सबैभन्दा अनुभवी विदेशी टोली
विदेशी टोलीहरूमध्ये, अस्ट्रेलियाले २०१९ यता भारतमा सबैभन्दा बढी १४ ओडीआई खेलेको छ । टोलीले ७ मा जित निकाल्दा समान ७ खेलमा पराजित भयो । विश्वकपमा सहभागी ९ विदेशी टोलीमध्ये अस्ट्रेलियाको ५० विजयी प्रतिशत उत्कृष्ट रहेको छ । यो अवधिमा इङ्ल्यान्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिका जस्ता टिमले भारतमा २ खेल पनि जित्न सकेनन् ।

तथ्य ४ः १५ मध्ये १३ खेलाडीसँग आईपीएलको अनुभव पनि छ
अस्ट्रेलियाको विश्वकप टोलीमा परेका १५ मध्ये १३ खेलाडीसँग इन्डियन प्रिमियर लिग (आईपीएल)खेलेको अनुभव छ । त्यसमध्ये पनि ११ खेलाडीले ९ भन्दा बढी खेल खेलेका छन् । भारतीय परिस्थितिमा खेल्ने अनुभव टोलीको बलियो पक्ष बन्न सक्छ ।

इंग्ल्याण्डः


तथ्य १ः डिफेन्डिङ च्याम्पियन, गत प्रतियोगिताका ८ खेलाडीले यसपटक पनि खेल्नेछन्
इंग्ल्याण्डको टोली २०१९ को विश्व च्याम्पियन हो । टोलीले लन्डनको लर्ड्स स्टेडियममा आफ्नै होस्टिंगमा उपाधि जित्यो । त्यसयता इंग्ल्याण्डले ५२ प्रतिशत भन्दा बढी ओडीआई खेल जितेको छ । सन् २०१९ को विश्वकपमा प्लेयर अफ द फाइनल बनेका बेन स्टोक्स पनि सन्यासपछि टोलीमा फर्किएका छन् । उक्त विश्वकपका ८ खेलाडी यसपटक पनि टोलीमा छन् ।

तथ्य २ः रन रेट मा अब्बल, २०१६ पछि ४ पटक ४०० माथिको स्कोर बनायो
२०१६ मा आफ्नो ब्याटिङको दृष्टिकोण परिवर्तन गरेपछि इङ्गल्याण्डको रन रेट विश्वको उत्कृष्ट रह्यो । टोलीले एकदिवसीयमा प्रति ओभर ६.२५ रन बनायो । अन्य टोलीले प्रति ओभर ६ रनको रनरेट पनि कायम राख्न सकेनन् । भारत ५.८८ को रन रेटका साथ दोस्रो स्थानमा छ ।

यस आक्रमणकारी ब्याटिङ दृष्टिकोणका कारण इंग्ल्याण्डले पछिल्लो ७ वर्षमा ४९ पटक ३०० भन्दा बढी रन बनाएको छ । यस अवधिमा, टोलीले चार पटक ४०० भन्दा बढी स्कोर पनि गर्यो । एकदिवसीय इनिङ्समा सर्वाधिक ४९८ रन बनाउने कीर्तिमान पनि इंग्ल्याण्डको नाममा छ ।

तथ्य ३ः टोलीका ११ खेलाडीहरूले नै दोहोरो प्रदर्शन गर्ने क्षमता राख्छन्
इङ्ल्यान्ड टोलीको आक्रमणकारी दृष्टिकोणको एउटा कारण टोलीका अधिकांश खेलाडीले दोहोरो काम गर्ने हो । यसको मतलब इंग्ल्याण्डमा बलिङ गर्न सक्ने ब्याट्सम्यान र ब्याटिङ गर्न सक्ने बलर बढी छन् । यदि हामीले १५ खेलाडीको टोलीमा उत्कृष्ट प्लेइङ ११ छनोट गर्छौं भने टोलीका ९ खेलाडीले डबल ड्युटी गर्छन् । अर्थात् ११ खेलाडीले २० खेलाडीको जिम्मेवारी पूरा गर्न सक्छन्, जुन विश्वकप खेल्ने अन्य टोलीमध्ये सबैभन्दा बढी हो ।

तथ्य ४ः १४ खेलाडीसँग आईपीएल खेलेको अनुभव छ
इङ्ल्यान्डका १५ मध्ये १४ खेलाडीसँग आईपीएल खेलेको अनुभव पनि छ । टोलीका ७ खेलाडीले २० भन्दा बढी खेल खेलेका छन् । जोस बटलर, बेन स्टोक्स, मोइन अली र साम कुरान जस्ता खेलाडीले लामो समयदेखि भारतीय परिस्थितिमा राम्रो प्रदर्शन गरिरहेका छन् । अब खेलाडीको यो अनुभव भारतमा हुन लागेको विश्वकपमा टोलीको बलियो पक्ष बन्ने छ ।

भारतः


तथ्य १ः आयोजक टोली तीन पटक च्याम्पियन बनेका छन्
आयोजक टोलीले सन् २००७ सम्म विश्वकपमा कहिल्यै उपाधि जित्न सकेको थिएन, तर २०११ मा भारतले आफ्नै देशमा भएको फाइनलमा श्रीलंकालाई हराएर उपाधि जितेको थियो । घरेलु मैदानमा विश्वकपको फाइनल जित्ने पहिलो टोली भारत बनेको छ । त्यसयता हरेक पटक आयोजक राष्ट्रले विश्वकप ट्रफी उचालेका छन् । सन् २०१५ मा अस्ट्रेलियाले मेलबर्नमा उपाधि जितेको थियो भने २०१९ मा लर्ड्स मैदानमा इंग्ल्याण्डले उपाधि जितेको थियो ।

तथ्य २ः नम्बर १ ओडिआई टोलीले पछिल्लो ५ उपाधिमध्ये ४ जितेको छ
भारत नम्बर १ ओडिआई टिम बनेपछि प्रतियोगिता खेल्नेछ । आईसीसी वरीयतामा नम्बर १ रहने टोलीले विश्वकपमा धेरै राम्रो प्रदर्शन गर्दै आएका छन् । सन् २०१५ मा अस्ट्रेलिया र २०१९ मा इङ्ल्यान्ड विश्वकपअघि एकदिवसीय वरीयतामा नम्बर १ टोली थिए, दुवैले उपाधि जितेका थिए ।

यति मात्र होइन, सन् १९९२ पछि ७ पटक विश्वकप आयोजना भएको छ, ६ पटक वरियतामा नम्बर १ टोली फाइनल पुगेको छ भने ४ पटक उपाधि जितेको छ । २०११ मा, अष्ट्रेलिया वरियतामा नम्बर १ टोली थियो, तर उपाधि नम्बर २ वरीयताको टीम भारतले जित्यो । जहाँ सन् १९९६ र १९९९ मा नम्बर १ को टोली उपविजेता भएका थिए ।

तथ्य ३ः एसियामा जहिले पनि विश्वकप आयोजना भयो, भारत सेमिफाइनलमा पुगेको छ
एकदिवसीय विश्वकप चौथो पटक एसियाली परिस्थितिमा हुन लागेको छ । यसअघि भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले संयुक्त रुपमा आयोजना गरेर तीन पटक प्रतियोगिता खेलिएको थियो । जसमा भारतीय टोली तीनै पटक सेमिफाइनलमा पुगेको छ ।

– सन् १९८७ को विश्वकप भारत र पाकिस्तानमा भएको थियो, उक्त विश्वकपकमा भारत सेमिफाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो ।
– सन् १९९६ को विश्वकप भारत, पाकिस्तान र श्रीलंकाले आयोजना गरेका थिए । सेमिफाइनलमा भारत श्रीलंकासँग पराजित भएको थियो ।
– सन् २०११ को विश्वकप भारत, श्रीलंका र बंगलादेशमा भएको थियो । फाइनलमा श्रीलंकालाई हराउँदै भारतले उपाधि जितेको थियो ।

तथ्य ४ः भारतले घरेलु मैदानमा ६९ प्रतिशत खेल जितेको छ
भारत आफ्नो घरेलु मैदानमा अन्य कुनै पनि टोली भन्दा बलियो रुपमा प्रस्तुत हुन्छ । पछिल्लो ५ वर्षमा भारतले घरेलु मैदानमा ३२ खेल खेलेको छ जसमध्ये टोलीले ६९ प्रतिशत जितेको छ । यस अवधिमा टोलीले अष्ट्रेलिया, इंग्ल्याण्ड, न्यूजिल्याण्ड, श्रीलंका र दक्षिण अफ्रिकालाई एकदिवसीय शृंखलामा पराजित गरेको थियो ।