५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुथी समूहको व्यापक प्रदर्शनीपछि यमनको मन्त्रीपरिषद् बर्खास्त



अ+ अ-

एजेन्सी । यमनको हुथी बिद्रोहीहरुले मन्त्रीपरिषद् बर्खास्त गरेका छन् ।

राजधानी सानामा मुस्लिम अगमवक्ता मोहम्मदको जन्मदिनको अवसरमा आयोजित समारोहमा समूहका नेता अब्दुलमालिक अल हुथीले यसको घोषणा गर्नुभएको हो । उहाँले अब नयाँ र सक्षम मन्त्रीपरिषद्को गठन हुने बताउनु भयो ।

नीति सुधार गर्न, जनताको सेवा गर्न र आर्थिक समस्या समाधान गर्न नयाँ मन्त्रीपरिषद्ले भुमिका खेल्ने बताउनु भयो । बिद्रोही सेना, साना, होदेइदाह र इब्ब प्रान्तका सडकमा बासिन्दाहरुबीच झडप भएको एक दिनपछि यो कदम चालिएको हो । आन्दोलनकारीहरुले पारिश्रमीक, राम्रो सरकारी सेवा, विद्युत, स्वच्छ पानीको पहुँच र आर्थिक गतिविधि चलायमान बनाउन माग गर्दै आएका थिए ।

क्रान्ति दिवसको ६१ औं वार्षिकोत्सव मनाउन सानाको डाउनटाउनको अल ताहिरिर स्क्वायरमा भेला भएका मानिसहरुको बीचमा मंगलवार झडप भएको थियो । यमन सन् २०१४ देखि गृहयुद्धमा छ ।




भर्खरै