६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

भुटानी राजनीतिक बन्दी मधुकर मगरलाई सम्मान तथा आर्थिक सहयोग हस्तान्तरण

भुटानी राजनीतिक बन्दी मधुकर मगरलाई सम्मान तथा आर्थिक सहयोग हस्तान्तरण
अ+ अ-

काठमाडौँ । भुटानको चेम्गाङ केन्द्रीय कारागारबाट ३० वर्षभन्दा बढी जेल सजाय भोगेर रिहा भएका भुटानी राजनीतिक कैदी मधुकर मगरलाई बिहीबार आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ ।

सो अवसरमा मगरलाई हेगस्थित भूटानमा राजनीतिक बन्दीहरूको रिहाइको लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) ले सुरु गरेको गोफन्डमी अभियानमार्फत सङ्कलन भएको १६१८ युरो (रु २,१२,०१८.२८) हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा बेलडाँगी क्याम्पका पूर्व शिविर सचिव तथा शिविरमा जीसीआरपीपीबीका प्रतिनिधिसमेत रहेका डीबी सुब्बाले भुटानी राजनीतिक कैदीको स्वतन्त्रताका लागि २०१९ मा गठन भएदेखि हालसम्म जीसीआरपीपीबीले गरेका कामका बारेमा सर्वसाधारणलाई जानकारी दिनुभएको थियो । जीसीआरपीपीबीले सबै भुटानी राजनीतिक बन्दीहरूको समयमै रिहाई र त्यसपछि उनीहरूको उचित पुनर्स्थापनाको लागि अथक प्रयास जारी राख्ने उहाँले बताउनुभयो ।

सुब्बाले सबै दाताहरूको नाम पढ्नुका साथै जीसीआरपीपीबीको तर्फबाट मधुकर मगरलाई पठाएको पत्र पनि पढेर हस्तान्तरण गर्नुभएको थियो ।

मगर भुटानको थिम्पुस्थित चेमगाङ केन्द्रीय कारागारमा ३० वर्ष चार महिनाको सश्रम कारावासपछि गत भदौ २३ गते रिहा हुनुभएको थियो ।