२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस



अ+ अ-

अछाम । अछामको पर्यटकीय स्थल रामारोशन विभिन्न ४६ देशका पर्यटकले भरिएको छ । उनीहरु वर्ल्ड रेन्बो फेमली नामक समूह अन्तर्गत यहाँ आएका हुन् । ती पर्यटकहरु तीन महिनासम्म रामरोशन घुम्ने उद्देश्यले यहाँ जम्मा भएका हुन् ।

विश्व पर्यटन दिवसका अवसरमा पर्यटन क्षेत्र विकास समितिले आयोजना गरेको देउडा तथा सास्कृतिक कार्यक्रममा ती पर्यटक पनि सहभागी भए । रामारोशन घुम्न आएका ती पर्यटकलाई गाउँपालिकाले स्वागत गर्ने गरेको गाउँपालिका अध्यक्ष मानबहादुर साउदले बताउनुभयो । पर्यटकको आगमनले रामारोशनको चर्चा बढ्न थालेको उहाँको भनाइ छ ।

पर्यटकहरुलाई रामरोशन घुम्नका लागि विभिन्न सर्तसहित अनुमति दिने गरिएको उहाँले सुनाउनुभयो । रामारोशन आएका विदेशी पर्यटकहरु खुला चौरमा टेन्ट टाँगेर बसेका छन् ।

रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट यस क्षेत्रको नाम रामारोशन रहेको किम्बदन्ती छ । कतिपयले यो क्षेत्रमा शिव–पार्वती बस्ने गरेकाले नै रामारोशन नामकरण भएको बताउँछन् । रामारोशन गाउँपालिका–६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ । बाह्र बण्ड भनेको यहाँका १२ वटा ताल र अठार खण्डले यहाँका १८ वटा चौरलाई जनाउँछ ।

रामारोशनमा दर्जनौँ समथर फाँटहरु र यहाँ फूल्ने फूल यहाँका आकर्षण हुन् । पाटनमा डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल पनि देख्न सकिन्छ । रासस