६ श्रावण २०८३, बुधबार
,
Latest
काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस औषधि लिमिटेड पुगेर मन्त्री गौरिकुमारी यादवको अनुगमन, सवारीसाधन र कर्मचारी अभाव तत्काल समाधान गर्न निर्देशन होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीर कपूरको फिल्म ‘एनिमल’को टिजर सार्वजनिक (भिडिओ)



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता रणवीर कपूर स्टारर फिल्म ‘एनिमल’को टिजर सार्वजनिक भएको छ।

बिहीबार रणवीर कपूरको जन्मदिनको अवसर पारेर फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा रणवीर कपूरको एक्सन दृश्य समेटिएको छ।

दुई मिनेटभन्दा लामो टिजरमा बाबु-छोराको सम्बन्धको समस्यालाई देखाईएको छ । जहाँ अनिल कपुर बुबा हुन्छन् भने रणवीर छोरा हुन्छन् । टिजरमा अनिल कपूरलाई आक्रामक देखाईएको छ । तर, रणवीरले आफ्नो बुबालाई ‘बेस्ट फादर’ भनिरहेका हुन्छन् ।

टिजरमा रणवीरलाई एक धनी परिवारबाट आएको देखाईएको छ तर पछि उनी बुबासँगको समस्याले हिंसात्मक बाटोमा धकेलिएका देखाईन्छ।

सन्दीप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ। फिल्ममा रश्मिका रणवीरकी श्रीमतीको भूमिकामा देखिनेछिन् ।

फिल्ममा भुषण कुमार, प्रणय रेड्डी वांगा, मुरद खेतानी र कृष्ण कुमारको लगानी रहेको छ। यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा १ डिसेम्बरदेखि प्रदर्शन हुनेछ।