७ श्रावण २०८३, बिहीबार
,
Latest
सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्सिजनको माग तीन गुणा बढ्यो, सर्वसाधारणले अक्सिजन सिलिन्डर पनि स्टक राख्न थाले



अ+ अ-

काठमाडौं । नेपालमा संक्रमितको संख्या बढ्दो छ, जसका कारण यहाँ अक्सिजन माग तीन गुणा बढेको उद्योगी बताउँछन् । त्रासकै कारण सर्वसाधारणले व्यक्तिगत रूपमा समेत मौज्दात गर्न लागेको उनीहरूको भनाइ छ । यद्यपि नेपालमा अक्सिजन अभाव छैन । समस्या सिलिन्डरमा मात्रै रहेको उद्योगीहरूले जनाएका छन् ।

संक्रमितको संख्या दिनहुँ बढिरहेकाले सरकारले सिलिन्डर आयात/खरिदको संख्या बढाउनुपर्ने उद्योगीहरूको भनाइ छ । शरीरमा अक्सिजनको मात्रा कम हुँदा बिरामीलाई कृत्रिम अक्सिजन दिनुपर्छ । तर उद्योगबाट रिफिल गरेर पठाउन आफूहरूलाई सिलिन्डरकै समस्या रहेको उद्योगीहरूको गुनासो छ ।

‘धेरै सिलिन्डर होल्डिङमा हुन्छन् । ३/४ सय सिलिन्डर रोटेसनमा छन् । अहिलेसम्म चलिरहेकै छ,’ शंकर अक्सिजन ग्यास प्रालिका प्रबन्धक शम्भु भण्डारीले भने । ‘हरेक अस्पतालमा माग बढ्दो क्रममा रहेकाले सरकारले सिलिन्डरको आयात संख्या बढाउनुपर्छ । थप सिलिन्डर आयात नभए समस्या हुन सक्छ,’ उनले भने । कान्तिपुर दैनिकमा समाचार छ ।