९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पिपिई लगाएका मान्छे कोठामा छिर्नेबित्तिकै मुटु काँप्छ, लास उठाएर बाहिर लैजान्छन्’



अ+ अ-

नेपालगन्ज । नेपालगन्ज–२ घरबारी टोलका व्यापारी हिमलाल न्यौपाने र उनकी पत्नी दुर्गादेवी चार दिनदेखि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका छन्। उक्त वार्डको ४५ नम्बर बेडमा यी दम्पतीले आलोपालो गरेर कोरोनाको उपचार गराइरहेका छन्। हिमलालको भन्दा दुर्गादेवीको स्वास्थ्य अवस्था कमजोर छ। श्वासप्रश्वासमा बढी समस्या भएकाले उनलाई अक्सिजन दिइरहनुपर्छ। हिमलाललाई भने छाती दुख्ने समस्या छ।

गत बुधबार कोरोना पोजेटिभ देखिएपछि ५२ वर्षका यी दम्पती अस्पतालमा भर्ना भएका हुन्। ‘श्रीमतीलाई श्वासप्रश्वासमा समस्या भएको हुँदा बल्लतल्ल भर्ना गराएँ। खाली नहुँदा मैले बेड पाइनँ। अहिलेसम्म एउटै बेडबाट बुढाबुढीले उपचार गराइरहेका छौं,’ उनले नागरिकसँग भने।

तीन दिनयता बिरामीको चापले गर्दा अस्पताल भरिभराउ भएको स्मरण गर्दै हिमलालले भने, ‘हिजोअस्तिसम्म त खुट्टा टेक्ने ठाउँ पनि थिएन, एकछिन बेड खाली भए पनि तत्कालै सिरियस बिरामी आएपछि मानवताको नाताले छाडिदिएँ।’ कोभिड वार्डमा भर्ना भएका बिरामीको बोल्दाबोल्दै मृत्यु भएको देख्दा आफ्नो होस नै उडेको हिमलाल बताउँछन्।

‘सेतो कपडा (पिपिई) लगाएका मान्छे कोठामा छिर्नेबित्तिकै मुटु काँप्छ, उनीहरू लास उठाएर बाहिर लैजान्छन्, कसैलाई त भित्र ल्याउँदाल्याउँदै मरेपछि बाटाबाटै फर्काएर लैजानुपर्छ,’ उनले त्यहाँको अवस्था वर्णन गर्दै भने। नागरिक दैनिकमा समाचार छ ।