९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीजस्तै दृश्य वीरगञ्जमा : एउटै बेडमा तीन जना संक्रमितकाे उपचार



अ+ अ-

काठमाडौं । कोरोनाको ग्राफ हरेक दिन बढिरहेको वीरगन्जमा नारायणी अस्पतालमा बेड र अक्सिजन दुवैको अभाव हुन थालेको चिकित्सकहरुको भनाइ छ । ‘बेड र अक्सिजनको अभाव हुँदा संक्रमितको उपचार नै प्रभावित हुन थाल्यो कसलाई भन्ने ?’ उनीहरुले गुनासो गरे ।

सोमबार बिहान बेडको अभाव हुँदा एउटै बेडमा ३ जनासम्म संक्रमितलाई राखेर पनि उपचार गर्नु परेको डा. नीरज सिंहले बताए । सोमबार सामाजिक सञ्जाल फेसबुक पेजमा उनले अस्पतालमा उपचार गराइरहेका संक्रमितहरुको तस्बिर राखेरै लेखेका पनि छन् ‘यो तस्बिर भारत दिल्लीको होइन, वीरगन्जकै नारायणी अस्पतालको आकस्मिक कक्षको हो । एउटै बेडमा २/३ जना संक्रमितलाई राखेर उपचार गरिरहेका छौँ ।’

नारायणीमा कोरोना संक्रमित राख्न छुट्याइएको आइसोलेन कक्ष सोमबार बिहान संक्रमितले भरिएपछि आकस्मिक उपचार कक्षमै अन्य बिरामीसँगै कोरोनाका संक्रमितलाई पनि राखेर उपचार गर्न परेको अस्पतालले जनाएको छ । ‘त्यसमा पनि बेड अभाव हुँदा एउटै बेडमा तीन जनासम्म संक्रमितलाई राखेर उपचार गर्नु पर्यो,’ डा. सिंहले भने ।

नारायणी अस्पतालमा संक्रमितका लागि जम्मा ३७ वटा वेड छुट्याएकोमा सबै फूल भएको अस्पतालले जनाएको छ । अब आकस्मिक कक्षमा नै अन्य बिरामीसँग संक्रमितलाई पनि राखेर उपचार गर्नुको विकल्प नभएको अस्पतालको तर्क छ । राजधानी दैनिकमा समाचार छ ।