६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बागलुङका पर्यटकीय क्षेत्रमा छैनन् व्यवस्थित पूर्वाधार

बागलुङका पर्यटकीय क्षेत्रमा छैनन् व्यवस्थित पूर्वाधार
अ+ अ-

ढोरपाटन । हरेक वर्ष पर्यटन दिवसका दिन धार्मिक तथा पर्यटकीय क्षेत्रबारे धेरै चर्चा गरिए पनि अन्य दिन सरोकारवालाले त्यति ध्यान दिएको पाइँदैन । बागलुङका थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्रहरु अहिले पनि ओझेलमा छन् । चर्चामा रहेका केही गन्तव्यहरुमा भने पूर्वाधार निर्माण नहुँदा पर्यटनमैत्री बन्नसकेका छैनन् ।

प्राकृतिक सौन्दर्यले भरिएका पर्यटकीय ठाउँसँगै मानव निर्मित धार्मिक स्थल पनि बढ्दै गएका छन् । ती स्थलमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको पनि आगमन राम्रै भए पनि सम्बन्धित निकायले भौतिक पूर्वाधारमा लगानी गर्न नसकेको गुनासो बढेको छ । बागलुङ बजार नजिकै बागलुङ कालिका, सर्वसिद्धि धाम पञ्चकोट, सालिग्राम सङ्ग्राहलय, विश्वको सबैभन्दा लामो भनिएको झेलुङ्गे पुल छन् । यी ठाउँमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्यै छ । प्राकृतिक सौन्दर्यले भरिएको ढोरपाटन, गाजाको दह, रिगताल, घुम्टे, नरसिंहकोट, बराह ताललगायत ठाउँमा भने कम मात्रै पर्यटक पुग्ने गरेको पाइन्छ । यी ठाउँसम्म पुग्ने पदमार्ग तथा सडक व्यवस्थित नहुँदा पर्यटक कम पुग्ने गरेका हुन् ।

जिल्ला सदरमुकाम वरपर रहेका मानव निर्मित गन्तव्यमा भौतिक पूर्वधारले सम्पन्न र सहज पहुँच मार्गका कारण पर्यटक बढ्ने गरेको पाइन्छ । बजारभन्दा टाढा रहेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार हुन नसक्दा धेरै पर्यटक पुग्न नसकेको होटल व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले बताउनुभयो ।

“बागलुङका धेरै पर्यटकीय ठाउँ अहिले पनि ओझेलमा छन्, तिनीहरुको प्रचारप्रसार गर्न सके धेरै पर्यटक बागलुङमा ल्याउन सकिन्छ, यति धेरै सम्भावना बोकेका ठाउँ छन् तर त्यहाँ व्यवस्थित संरचना बन्न सकेको छैनन्, सडकको अवस्था बेहाल छ, प्रचारप्रसारमा कसैको ध्यान छैन अनि कसरी पर्यटक पुग्न सक्छन् रु,” उहाँले भन्नुभयो – “पर्यटक आकर्षणका लागि पहिले त पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ, त्यहाँसम्म पुग्ने सडक र पदमार्ग निर्माण गर्नुपर्छ, बास बस्न, खान र पर्यटकले रुचाउने अन्य विषयमा ध्यान दिन जरुरी हुन्छ ।”

पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले अहिलेसम्म पर्यटन बोर्ड र सरकारबाट आउने बजेट समन्वय नगरी आउने हुँदा पर्यटन प्रवद्र्धन गर्न नसकिएको बताउनुभयो । यस समितिले अब पर्यटन बोर्डलगायत अन्य निकायसँग सहकार्य गरेर यहाँको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गरिने उहाँको भनाइ थियोे ।

“पर्यटकीयस्थल भएर मात्रै भएन, त्यहाँसम्म पुग्ने सडक, पदमार्ग, शौचालय, खानेपानी तथा बासस्थानको सुविधा मिलाउन, लुकेर रहेका गन्तव्यको पहिचान गर्न र अहिले चर्चामा रहेका ठाउँको विकास गर्न सरकारसँग सहकार्य गर्छौँ” अध्यक्ष खड्काले भन्नुभयो– “पर्यटन बोर्डसँग पनि सहकार्य गर्ने तयारीमा छौँ, अब जिल्लाको पर्यटन विकासका लागि ठाउँ–ठाउँका घरबासलाई व्यवस्थित गर्ने, होटल व्यवसायीलाई प्रोसाहित गर्ने र पर्यटन भित्र्यउन कसरी सकिन्छ त्यसतर्फ ध्यान दिएका छौँ ।”

बागलुङमा तीनवटा राष्ट्रिय राजमार्ग पर्छन् । तीनवटै राजमार्गले यहाँका पर्यटकीय क्षेत्रलाई जोडेका छन् । मध्यपहाडी लोकमार्गले पूर्व कालिका मन्दिरदेखि पश्चिम पातिहाल्ने, रिगताल जोडेको छ । कालीगण्डकी कोरिडोरले पनि बञ्जी जम्पलगायत गन्तव्यलाई जोडेको छ ।

तराई पहाड जोड्ने सालझण्डी–ढोरपाटन सडकले गङ्गरे, नरसिंहकोट र ढोरपाटन सिकार आरक्ष क्षेत्रलाई जोडेको छ । यी मुख्य सडक कालोपत्र भए जिल्लामा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकिन्छ । रासस