६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

चितवनका गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पुमा सारियो

चितवनका गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पुमा सारियो
अ+ अ-

काठमाडौँ । चितवनका दुई पोथी गैँडा पुष्पा र अञ्जली आजबाट कोशी टप्पुमा स्थानान्तरण गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट लगिएका पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको हो । पुष्पा र अञ्जलीलाई चितवनबाट दुई अलग घोरमा राखेर कोशी टप्पु पुर्‍याइएको थियो । जसलाई वन तथा वातावरणमन्त्री डाक्टर वीरेन्द्रप्रसाद महतोसहित विभागका कर्मचारीको उपस्थितिमा आरक्ष कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

कोशी टप्पु पुर्‍याइएका पुष्पा र अञ्जलीलाई बस्नको लागि आरक्ष हातामा १६ फिट अग्लो र ८५ फिट लामो इन्क्लोजर निर्माण गरिएको छ । पानी सहितको घाँसे मैदान क्षेत्रमा रहने गैँडा आरक्ष सुरक्षामा खटिएको नेपाली सेनाको प्रत्यक्ष निगरानीमा रहनेछन् । कोशी टप्पु पुर्‍याइएका पुष्पा र अञ्जली दुवै टुहुरा बच्चा हुन् । उनीहरु दुवैको बच्चा अवस्थामा उद्धार गरिएको थियो । सौराहा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा मानिसको माया र ममतासँगै हुर्किएर बढेकी पुष्पाको उमेर ३ वर्ष ८ महिना र अञ्जलीको उमेर २ वर्ष ५ महिनाको रहेको छ ।

वंश बिस्तारको योजना अनुसार कोशी टप्पु पुर्‍याइएका दुई पोथी गैँडा प्रजनन योग्य भएपछि भाले गैँडा ल्याइने आरक्षको कार्यालयले जनाएको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत रमेश यादवका अनुसार पोथी गैँडा ४ वर्ष र भाले गैँडा ६ वर्ष पुगेपछि प्रजनन योग्य हुन्छन् । पुष्पा र अञ्जलीलाई छोड्न वन तथा वातावरणमन्त्री डाक्टर महतो कोशी टप्पु पुग्नुभएको थियो । उहाँले मानिस सँगको घुलमिल रुचाउने पुष्पा र अञ्जलीका लागि कोशी टप्पु उपयुक्त बासस्थान भएको बताउनु भयो ।

मन्त्री महतोकाअनुसार आरक्षमा लगिएका दुई पोथी गैँडा वंश बिस्तारका लागि ल्याइएको हो । केहि समयमै काठमाण्डौंबाट भाले गैंडा कोशी टप्पु ल्याइने समेत उहाँले जानकारी दिनुभयो । मन्त्री महतोले कोशी टप्पुलाई अर्नासँगै हात्ती र गैँडा अवलोकन समेतको आकर्षक गन्तव्य बनाउने सरकारको योजना रहेको बताउनु भयो । उहाँले आरक्षमा छिट्टै बाघ समेत स्थानान्तरण गरी ल्याउने बताउनु भयो । बाघ ल्याउन वातावरणीय अध्ययनको काम थालिएको बताउनु भयो ।

कोशी टप्पुबाट २०७३ सालमा अर्नाको वंश बिस्तारका लागि भन्दै १२ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्ज पठाइएका थिए । सोही क्रममा अर्नाको सट्टामा गैँडा दिइने बताइएको थियो । सोही अनुरुप निकुञ्जमा हुर्किएका पुष्पा र अञ्जलीलाई कोशी टप्पुमा स्थानान्तरण गरिएको हो ।