१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

यँया: (इन्द्रजात्रा) अवलोकनका लागि नान्जिनका उपप्रमुख ताइजुनको नेतृत्वमा ५ सदस्यी टोली काठमाडौँमा

यँया: (इन्द्रजात्रा) अवलोकनका लागि नान्जिनका उपप्रमुख ताइजुनको नेतृत्वमा ५ सदस्यी टोली काठमाडौँमा
अ अ+ अ-

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र चीनको नान्जिन नगरका उपप्रमुख जी ताइजुनविच शिष्टाचार भेट भएको छ ।

यँया: (इन्द्रजात्रा) अवलोकनका लागि काठमाडौँ आउनु भएका उपप्रमुख नेतृत्वको प्रतिनिधि मण्डलले उपप्रमुख डंगोलसँग शिष्टाचार भेट गरेको हो ।
भेटका क्रममा उपप्रमुख डंगोलले, विश्वका जुनसुकै भूगोल र मौसमबाट आए पनि आफ्नै अनुकुलको वातावरण पाउनु काठमाडौँको प्राकृतिक वातावरण भएको बताउनुभयो ।

‘काठमाडौँ विविधताभित्र एकता भएको मन्दिरै मन्दिरको सहर हो । आधुनिकताले मौलिकतालाई संकटमा पारेको छ । यो संकट सामना गर्न महानगरपालिकाले नीति, बजेट र कार्यक्रम तर्जुमा गरेको छ ।’ उहाँले, शैक्षिक कार्यक्रमअन्तर्गत बुक फ्री फ्राइडे, आधारभूत र आकस्मिक स्वास्थ्य सेवामा सबैको पहुँच, विकाससँगै काठमाडौँलाई सांस्कृतिक सहरका रुपमा कायम राख्न मूर्त अमूर्त सम्पदा संरक्षण तथा प्रवर्धनका कार्यक्रम, वातावरणीय सुधार लगायत क्षेत्रका विषयमा जानकारी गराउनुभएको थियो ।

नान्जिन नगरका उपप्रमुख ताइजुनले, नान्जिन वातारणमैत्री सहर भएको, वायु प्रदुषणको समस्या समाधान गरिएको, प्राचीन र पर्यटकीय सहर भएको उल्लेख गर्नुभयो । ‘हाम्रो नगरले चीनको जीडीपीमा ठूलो योगदान दिएको छ । नान्जिन चीनमा घोषित ठूला ९ सहरमध्येको एक सहर हो ।’ उहाँले भन्नुभयो, ‘हामीले ५४ वटा देशका १ सयभन्दा धेरै नगरसँग भगिनी सम्बन्ध गाँसेका छौँ । सबैसँग समान दुरी छ । आपसी हित र ज्ञान सिपको विषय आदान प्रदान गर्छौँ । यसमा हामीलाई गर्व छ ।’

भेटमा महानगरका निर्देशक महेश काफ्ले, अन्तरराष्ट्रिय सम्बन्ध सचिवलायका प्रमुख यम बसेल, नान्जिन नगरका स्कूल अफ एडमिनिष्ट्रेसनका कार्यकारी उपाध्यक्ष मेन्ग फान्यु, अन्तरराष्ट्रिय मामिलाका उप महानिर्देशक, झ्याङ् बिन, पर्यावरण र वातावरण व्यूरोका उपमहानिर्देशक याङ् लिन्फु, सचिवालयका उपप्रमुख वाङ् रुइरुई सहभागी हुनुहुन्थ्यो ।

शिक्षा, स्वास्थ्य, खानेपानी व्यवस्थापन, जनप्रतिनिधि र कर्मचारी तथा नागरिक स्तरमा आपसी सिकाइ, ज्ञान र सिपको आदानप्रदानमा आपसी कार्यक्रम सञ्चालन गर्न सकिने विषयमा छलफल भएको थियो । विद्युतीय शासन, राजनीतिमा महिला नेतृत्व विकास, जलबायु परिवर्तनले सहरी क्षेत्रमा पारेको असर न्युनीकरण आपसी कार्यक्रम हुन् । छलफलका क्रममा उठेका विषय हुन् ।

चीनका राष्ट्रपति सि चिनफिङ् र नेपालका तत्कालीन प्रधानमन्त्री के. पि. शर्मा ओलीको उपस्थितिमा काठमाडौँ महानगरपालिका र नान्जिन नगरविच २०७६ असोज २६ गते भगिनी सम्बन्ध स्थापना भएको हो । भगिनी सम्बन्ध स्थापना सम्झौता पत्रमा महानगरका तत्कालीन प्रमुख बिद्यासुन्दर शाक्य र नान्जिङ् म्युनिसिपल कमिटीकी तत्कालीन सेक्रेटरी जेफाङ् एङ्बुआले हस्ताक्षर गर्नुभएको थियो । यस्तै शाक्य र नेपालका लागि चीनका तत्कालीन राजदूत छोउ यान्छीबिच सम्झौता आदान प्रदान भएको थियो । दुई नगरबिच भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्तावलाई असोज २३ गते बिहीबार बसेको मन्त्री परिषद्को बैठकले अनुमोदन गरेको थियो ।

सम्झौताबमोजिम दुई नगरका विचमा संस्कृति, सम्पदा र पर्यटनको संरक्षण तथा प्रबर्धन, बिकास निर्माण र बिकास व्यवस्थापनमा अनुभव आदान—प्रदान, उद्योग र बाणिज्य, शिक्षा, स्वास्थ्य, अर्थ बाणिज्यलगायतका क्षेत्रमा आपसी एवम् पारस्परिक क्षमता बिकास एवं प्रवर्धनात्मक कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

चीनको पूर्वी जिआङ्सु प्रान्तको राजधानी नान्जिङ साङ्घाई सहरबाट करिब ३०० किलोमिटर माथि छ । यो सहर मिङ राजवंशको समयमा करिब ४५० बर्ष राष्ट्रिय राजधानी थियो । १४ औँ शताव्दीमा दक्षिणी प्रवेश द्वार रहेको यस क्षेत्रमा विशाल पर्खालले घेरिएको थियो । गेट अफ चाइनाका नामले परिचित जिआङ्सु गेटका स्थल चिन्हहरु अहिले पनि देख्न सकिन्छ ।