७ फाल्गुन २०८१, बुधबार
February 19, 2025 Wednesday
Latest
फागुन ७ हामी नेपालीको जीवनमा सर्वाधिक महत्वपूर्ण दिन : प्रधानमन्त्री ओली लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहन प्रजातन्त्र दिवसले प्रेरणा दिन्छ : सभामुख घिमिरे संविधानको रक्षा, पालना र कार्यान्वयन अहिलेको प्राथमिकताः अध्यक्ष दाहाल यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फागुन ७ गते नेपाल र नेपालीको लागि एउटा कोशेढुङ्गा: पूर्वराष्ट्रपति भण्डारी जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत : राष्ट्रपति पौडेल बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा, मिलान बाहिरियो प्राप्त उपलब्धिलाई अक्षुण राख्नु आजको आवश्यकता : उपराष्ट्रपति यादव यस्तो छ आजको मौसम पूर्वानुमान मुलुकभर आज प्रजातन्त्र दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ३१.३१ अंकले गिरावट,कारोबार रकम ८ अर्ब



अ+ अ-

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ ।

बुधवार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक आजको कारोबारमा ३१.३१ अंकले गिरवाट आएको हो । बिहीवारको कारोबारमा नेप्से परिसूचक ३१.३१ अंकले घटेर २ हजार ६८०.४४ विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ५.५३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २।१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८५ अंकले घटेको छ । नेप्से परिसूचक पछिल्लो समय निरन्तर रुपमा उदारचढाव भइरहेको छ ।

बिहीवार कारोबारमा आएका ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार कित्ता शेयर ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवार ७ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको थियो । बुधवारको तुलनामा बिहीवार कारोबार रकममा भने वृद्धि भएको छ ।

नेप्से परिसूचका बिहीवार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक २।८६ प्रतिशतले घटेको छ । होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा,विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी गिरावट आएको छ ।

बिहीवार नेप्से परिसूचकमा गिरावट आएपनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै माहुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ तर यता जानकी फाइनान्सको शेयरमूल्य भने यो १० प्रतिशतले गिरावट आएको हो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स कम्पनीको २५ करोड २४ लाख रुपैयाँबराबरको शेयर खरिदविक्री भएको छ ।