२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमा बन्न लागेकी हुन् रेखा ?



अ+ अ-

काठमाडौँ । अभिनेत्री एवं नेतृ रेखा थापा आमा बन्ने भएकी छन् । गतवर्ष प्रेमी बलराम केसीसँग वैवाहिक जीवनमा बाँधिएकी उनी आमा बन्न लागेकी हुन् ।

थापाले सामाजिक सञ्जाल फेसबुकमा पतिसँगैको तस्बिर राख्दै क्याप्सन लेखेकी छन् – ‘भविष्य पनि गजबको ‘उपहार’ हो, जो नआउँदै हामीलाई किस्ता किस्तामा खुसी पठाइदिन्छ ।’ उनको पोस्टलाई लिएर सजिलै अनुमान गर्न सकिन्छ कि उनी आमा बन्न लागेकी हुन् भन्ने । डाक्टरले फागुन–चैतमा आमा बन्ने डेट दिएको अभिनेत्री रेखा बताउँछिन् ।

रेखा हाल फिल्म ‘उपहार’मा व्यस्त छिन् । फिल्मको अहिले काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ ।