• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभामा आज तीन वटा मन्त्रालयको बजेटमाथि छलफल हुने ★   राष्ट्रपति पौडेल जर्मनीमा ★   ओली र लामिछानेले किन दाहाललाई तर्साउन थाले ? ★   हारेको खेलबाट नेपालले जितेको प्रशंसा, देश भित्रको अवस्था भने दयालाग्दो ★   पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो ★   बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन ★   सुदूरपश्चिम प्रदेशः रु ३१ अर्ब ६२ करोड बजेट पेस ★   एमाले संसदीय दल बैठक–कानून निर्माणमा चनाखो भएर भुमिका निर्वाह गर्न अध्यक्ष ओलीको निर्देशन ★   कोशी प्रदेशः ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक ★   गण्डकी प्रदेशः आगामी आवका लागि रु ३२ अर्ब ९७ करोड बजेट

सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार



फाईल फोटो

बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याँ स्वास्थ्य चौकीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार गाउँपालिका–१ की २३ वर्षीया सुत्केरी कल्पना रोकायाको रक्तस्राव नरोकिएको र सालनाल नआएर पाठेघरको मुख नै बन्द भएपछि उद्धार गरी सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपानी सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको भनाइ छ ।

गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीका अनुसार रोकाया आज बिहान विच्छ्याँ स्वास्थ्य चौकीमा सुत्केरी हुन आउनुभएको थियो । बच्चा जन्मिएको चार घण्टासम्म पनि रक्तस्राव नरोकिएपछि उद्धार गरिएको हो । रासस