३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालोपत्र भएको तीन महिनामै भत्कियो सडक



अ+ अ-

भोजपुर । कालोपत्र भएको तीन महिनामै सडक भत्किएपछि यहाँका स्थानीय आक्रोशित भएका छन् ।  सडक भत्किएर आवतजावतमा समस्या भएपछि स्थानीय आक्रोशित भएका हुन् ।

बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक खण्डको साढे चार किलोमिटर सडक रौताहा–रामसागर बिल्डर्स जेभीले कालोपत्र गरेको हो । छोटो समयमा सडक भत्किएपछि निर्माणको काम गुणस्तरहिन भएको भन्दै स्थानीयले आवाज उठाएका छन् । ठेकेदार राम पौडलेले काममा लापारबाही गरेको स्थानीयको भनाइ छ । स्थानीयले गुणस्तरहिन काम गर्ने ठेकेदारलाई कारबाहीको मागसमेत गरेका छन् ।

कालोपत्र भएको सडक भत्किएर आवतजावतमा समस्या भएपछि प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङसहित सरोकारवाला पक्षले स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा सडक मापदण्डअनुसार निर्माण भएको नपाइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो । छोटो समयमा सडक भत्किएर, खाल्डाखुल्डी परेकाले निर्माणका क्रममा लापरबाही देखिएको उहाँको भनाइ छ ।

“स्थानीयको गुनासो बढेपछि हामीले स्थलगत अनुगमन गरेका छौँ”, प्रजिअ घिमिरेले भन्नुभयो, “सडक कालोपत्र भएको छोटो समयमा नै भत्किएको अवस्था छ, सडक तोकिएको मापदण्डअनुसार बनेको छैन, सडकको अवस्थाका बारेमा मैले सडक हेर्ने कार्यालयलाई जानकारी गराएको छु ।”

सडकलाई गुणस्तरिय तवरबाट निर्माण गर्न पटक/पटक भने पनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयको भनाइ छ । सडक निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको भोजपुर नगरपालिका–५ बोखिमका वडासदस्य निरकुमार फुँयालले बताउनुभयो ।

“सडक कालोपत्र भएको तीन महिना मै भत्किएको छ”, फँुयालले भन्नुभयो, “सडक भत्किएर आवतजावतमा समस्या छ, मैले नै सडकको यो अवस्था हेर्न नसकेर सरोकारवाला पक्ष बोलाएर अनुगमन गराएको हुँ, राज्यको पैसाको चरम दुरुपयोग भएको छ, गलत काम गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन आवश्यक छ ।”

यो सडक ग्रामिण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन एकाइ झापाअन्तर्गत नेपाल सरकारको भ्याटसहित करिब रु साढे १० करोड लागतमा निर्माण भएको कार्यान्वयन एकाइका कामु आयोजना व्यवस्थापक विरबहादुर रावलले जानकारी दिनुभयो । यो सडक विग्रिएको खण्डमा एक वर्षसम्म ठेकेदारले मर्मत गर्नुपर्ने उहाँको भनाइ छ ।

सडकलाई तत्काल मर्मत गर्नका लागि पत्रचार गर्ने उहाँले जानकारी दिनुभयो । “सडक भत्किएको विषयमा हामीलाई पनि जानकारी आएको छ”, उहाँले भन्नुभयो, “एक वर्षसम्म सडकको मर्मत संभारको जिम्मा ठेकेदारलाई हुन्छ, त्यहाँ भएका त्रुटीलाई सच्याएर पुन: मर्मतका लागि ठेकेदारलाई पत्राचार गर्छौँ ।”

सडकमा बिच्छ्याइएको सव बेसमा गुणस्तरहिन सामग्री प्रयोग गरेर कालोपत्र गरेको स्थानीयको आरोप छ । समस्याको समाधानमा लाग्नुभन्दा पनि निर्माण कम्पनीका प्रतिनिधि सम्पर्क विहिन बन्ने गरेको स्थानीयको भनाइ छ  । तीन महिना बितिसक्दा पनि कालोपत्रको क्रममा विच्छ्याइएको गिट्टी नउँठाउदा दुर्घटनाको जोखिमसमेत बढेको स्थानीय धनबहादुर थापाले बताउनुभयो ।  रासस