४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुखमुनि बसेर कार्तिक आर्यनले ३ रुपैयाँमै कपाल काटे



अ+ अ-

एजेन्सी । कार्तिक आर्यन छिट्टै स्पोर्ट्स ड्रामा फिल्म ‘चन्दु च्याम्पियन’ मा देखिदैछन् । यसैबीच अभिनेताले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एउटा फनी भिडियो सेयर गरेका छन्, जसमा उनी देसी स्टाइलमा कपाल काटेको देखिएका छन् ।

भिडियोमा कार्तिक रूखमुनि कुर्सीमा बसेका छन् र एक व्यक्तिले कपाल काटिरहेका छन् । उनको छेउमा एउटा बोर्ड पनि झुण्डिएको छ, जसमा कपाल काट्ने मूल्य लेखिएको छ । यसमा लेखिएको थियो– मिलु बार्बर, कपाल काट्ने–५ रुपैयाँ, रुखमुनि–७ रुपैयाँ, कार्तिक आर्यन हेयरस्टाइल–३ रुपैयाँ ।’

उनको लुकको कुरा गर्दा उनले कालो टिसर्टको साथ कालो ट्राउजर लगाएका छन् ।

उनले भिडियो सेयर गर्ने बित्तिकै फ्यानहरुबाट रमाइलो लाइक र कमेन्टहरु आउन थाले । भिडियोमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्– ‘लामो कपाल होस् वा छोटो कपाल, हामी तिमीलाई दुवैसँग माया गर्छौं ।’ अर्काले लेखेका छन्– ‘मिलु बार्बरले चन्दुलाई हल्का रूपमा लिइरहेका छन् । जबकि तेस्रोले लेखे–‘यदि यति सस्तो छ भने म कार्तिक आर्यनको हेयरस्टाइल पनि गराउँछु ।’