• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश ★   गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत सर्वोच्चद्वारा बदर ★   एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने ★   अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश ★   ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामथ्र्य भएका नेता हुन्ः शंकर पोखरेल ★   सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ: राप्रपा ★   शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन् ★   अनन्त–राधिकाको विवाहपूर्व समारोहः १२ वटा विमानबाट ८०० पाहुना इटाली पुग्नेछन् ★   समितिमा सहमति नभए बजेटमा पनि अवरोध हुन्छ: कांग्रेस ★   काँग्रेस सभापति र महामन्त्रीको कारण वार्तामा सहमति जुट्न सकेन: महेश बर्तौला

ॐ प्रकरण: पूर्वकुलपति उप्रेतीको स्पष्टीकरण, किन विवादमा आयो प्रज्ञाको नेतृत्व ?



केही दिनदेखि सामाजिक संजालमा नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोशबाट ओम ध्वनि/ वर्ण हटाइएको भनी निराधार र कपोलकल्पित हल्ला चलाइ निम्न स्तरका गालीगलोज संप्रेषण गर्ने गरेका कुराले मेरो ध्यान आकर्षित भएको छ।

तत्कालीन कुलपति र नेपाली भाषा बिभाग प्रमुखको हैसियतमा त्यसबारे सत्यतथ्य के हो सो बारे सार्बजनिक रूपमा बताउन यो विवरण प्रस्तुत गर्दैछु।

(क) शब्दकोशबाट ओम हटाइयो भन्नेबारे।

उर्युक्त कुरा पूर्णत: कपोलकल्पित,निरधार र झुट हो।ने प्र प्र ले संस्थागत रूपमा पहिलो पल्ट २०४० सालमा नेपाली बृहत् शब्दकोश प्रकाशित गरेको हो। त्यस मितिदेखि वि सं २०७७ सम्म विभिन्न संस्करण गर्दै यसका दसौॅ संस्करण र पुनर्मुद्रण गरी एघार पल्ट छापेको छ।

यिनै संस्करणमा प्रयोग भएको वर्णबान्यासलाई प्रयोग गर्दै नेपालका बिभिन्न क्षेत्रीय भाषिका, नेपालमा बोलिने बिभिन्न मातृभाषाहरूबाट आएका , नेपालबाहिर विशेषगरी नेपाली भाषा बोलिने भारतका असम, पश्चिम बङ्गाल, सिक्किम राज्य र भारतकै बनारस, देहरादून क्षेत्र लगायत भुटान समेतका क्षेत्रमाबोलिने स्थानीय भाषाका सम्पर्कबाट नेपपाली भाषामा आई पचेका शब्दहरूसमेत सङ्कलन र सम्पादन गरी पहिला प्रकाशित शब्दकोशका प्रविष्टमा दोब्बर थप गरी नयाॅ परिवर्तनका सन्दर्भमा प्रविष्टिका अर्थ समेत लेखनगरी २०७९ सालमा प्रकाशित प्रज्ञा नेपाली बृहत् शब्दकोश प्रकाशित गरी यसलाई मोबाइल एप्समा समेत राखिएको छ।

यसरी प्रतिष्ठानबाट प्रकाशित सवै संस्मरण र कोशमा ओम प्रविष्टि यथावत छ, हटाइएको छैन। पछिल्लो पल्ट प्रकाशित शब्दकोशमा त प्रतिष्ठानले बनाएको प्रज्ञा मन्जरी फन्टमा अ,उ,मको संयुक्त उच्चारणबाट उत्पन्न वैदिक ध्वनि ओमलाई अक्षरकै रूपमा उतारी अर्थसहित पाना २७० मा हुबहु दिइएको छ।

त्यसर्थ उल्लिखित ओम हटाइयो भन्ने हल्लाबाट प्रष्ट हुन माथि उल्लिखित शब्दकोशका संस्करणका सम्बन्धित पाना हेर्नुहोला अथवा पछिल्ला संस्करणामका मोबाइल एप्सबाट पनि हेर्न सक्नुहुनेछ।

(ख) यो हल्ला कुन पृष्ठभूमिमा चल्यो होला त?

२०६३को परिवर्तनपछिको प्रज्ञा प्रतिष्ठानमा नयाॅ नेतृत्व आइनसकेको अवस्थामा आन्दोलनपछिको सरकारले आफ्नो पाठ्यक्रम विकाश केन्द्र अन्तर्गतको नेपाली भाषा बिभाग मार्फत त्रि वि को तत्कालीन कन्द्रीय स्तरका अनिवार्य नेपाली विभाग र नेपाली विभागको परामर्शमा पूर्वप्रचलनमा रहेको वर्णविन्यासमा फेरबदल गरी सोहीअनुरूप विद्यालय तहका नेपाली विषयका पाठ्यपुस्तक बनाई प्रयोगमा ल्याएको रहेछ।

वर्णविन्यासको यस्तो प्रयोगको व्यापक विरोध भएकै बेलामा वि सं २०६७मा नयाॅ नेतृत्व आएपछि हामीले नेपालका विशिषट भाषाशास्त्त्री,नेपाली भाषाका प्रयोगकर्ता, विद्यलय र विश्वविद्यालयका शिक्षक,प्राध्यापक,लेखक साहित्यकार र नेपालीभाषा पढाइने भारतका विश्वविद्यालय र विद्थालयमा नेपाली भाषापढाउने शिक्षक,प्राध्यापक,लेखक ,भाषिक अभियन्ताको बृहत् भेला गरी तीन दिने भाषिक विमर्श गराई सबैको सहमतिमा हाललाई मानक वर्णविन्यास अब उता सोही वर्णविन्यास लागु गर्न सबैलाई आह्वान गर्यौ। (विस्तृ जानकारी प्रतिष्ठानबाट प्रकाशित नेपाली भाषा संगोष्ठी २०६७ बाट लिन सकिन्छ )र प्रतिष्ठानका शब्दकोश पनि सोही बमोजिम बनाउने निर्णयअनुसार प्रतिष्ठानको शब्दकोशका सातौ र आठौ संस्करण अद्यावधिक गरी छापिए।

सम्मेलनको सोही समझदारी बमोजिम आफ्ना प्रकाशन अद्यावधिक गराउन नेपाल सरकारलाई अनौरोध पनि पठायौॅ।त्यतिबेलासम्म म प्रतिष्ठानको उपकुलपति र नेपाली भाषा व बिभागको प्रमुख थिए।

वि सं २०७० मा म प्रतिष्ठानको कुलपति भएपछि प्रतिष्ठान नेपाली भाषा बिभाग हेर्ने जिम्मा अर्कै व्यक्तिले पाए।उनी प्रतिष्ठानमा आउनुअघि त्रि वि को कन्द्रीय नेपाली विभागको प्रमुख र शिक्षा मन्त्रालयको पाठ्यक्म विकास केन्द्रको नेपाली विभागको प्रमुख भई काम गरिसकेका व्यक्ति रहेछन्। उनले प्रतिष्ठानको शब्दकोशको नवौॅ संस्करण प्रकाशन गर्नेक्रममा प्राज्ञपरिषद्को जानकारी  बेगर मन्त्रालयमा प्रयोग गराएको आफ्नै निजी वर्णविन्यास प्रयोग गरी विशेषगरी संयुक्तवर्ण व्यवस्थापन गर्नेक्रममा प्रचलित पध्दतिमा विचलन ल्याई ,पदयोग वियोग सहित ह्रश्वदीर्घको प्रयोगमा पनि आफ्नै मान्यता लागु गरी शब्दको नवौ संस्करण प्रकाशित (२०७२)गरेपछि त्यसमा भाषाका प्रयोगकर्ता,शिक्षक,प्राध्यापक तथा प्राज्ञिक व्यक्तित्वहरूले व्यक्तिगत एवम् संस्थागत रूपमा विरोध जनाए। त्यसतो विरोधबाट प्रतिष्ठानको ध्यान आकर्षण भएपछि तत्कालीन कुलपतिको हैसियतमा मैले भाषाशास्त्री प्रा डा चूडामणि बन्धुको संयोजकत्वमा विज्ञहरूको समिति गठन गरी शब्दकोशको नवौ संस्करणमा भएका विचलनको पहिचान गरी यो अधिका संस्करण समेतमा सुधार गर्नु पर्ने देखिए सो समेत उल्लेख गरी सुझाउसहित प्रितिवेदन पेस गर्न अनुरोध गरेॅ।

सो समितिले पनि शब्दकोशको नवौ संस्करणसहित यो अघि प्रकाशित संस्कणको अध्ययन गरी विचलन भएका कुरा देखाई नवौ संस्करण सच्याउन आवश्यक भएको उल्लेख गरी प्रतिवेदन दिएपछि म कुलपति आफै संयोजक भई प्रा गोपीकृष्ण शर्मा,डा तुलसीप्रसाद भट्टराई,प्रा डा हेमनाथ पौडेल र डा करणाखर खतिवडा समेत रहको समितिले तयार पारेका सच्चाउनुपर्ने कुरा प्राज्ञ परिषद्बाट अनुमोदन गराई नवौ संस्कणमा विचलनमा रहेको वर्णविन्यास सच्याई शब्दकोशको दसौ संस्करण वि सं २०७५ र यसको पुनर्मुद्रित संस्करण २०७७ सालमा प्रकाशित भइसकेका छन्।

दसौ संस्करणमा प्रयेग भएको वर्णविन्यास प्रयोग गरी नयाॅ बृहत् आकारको प्रज्ञा नेपाली बृहत् शब्दकोश पनि वि सं २०७९ मा प्रकाशित भई मोबाइल एप्समा पनि राखिएको छ। दसौ संस्करणमा सच्याइएको वर्णविन्यासनै पालनगरी नेपाल सरकार शिक्षा मन्त्रालयले आफ्ना पाठ्यपुस्तकको वर्णविन्यास सच्याई पठन समाग्री प्रयोगमा ल्याइरहेको छ।

२०७२ को वर्णविन्यासको विषयलाई आधार बनाई केही व्यक्तिले वर्णविन्यास सुधारका कुरालाई अनदेखा गरी त्यतिबेलै सम्मानित सर्वोच्च अदालतमा रिट दर्ता गराएका रहेछन्। प्रज्ञा प्रतिष्ठानलाई समेत विपक्षी बनाइएको रिटमा कारण देखाऊ भन्ने सामान्य आदेश भएको जानकारी मग्दै सोबारे प्रतिष्ठानलाई जानकारी भएको हो।

सो रिटमा अन्तरिम आदेश भएको होइन। त्यस्तो कुनै आदेश भएको जानकारी प्रतिष्ठानलाई छैन। सम्मानित अदालतले मागेको जानकारी सहित विवादित वर्णविन्यास सच्याई शब्दकोशको नयाॅ संस्करण प्रकाशित भइसकेको जानकारी र त्यतिबेला लिएका निर्णयसहितका कागजात प्रतिष्ठानका कानुनी सल्लाकार मार्फत त्यतिबेलै सम्मानित अदालतलाई पठाइसकिएको हो।

तर मुद्दाका चापका कारणले हामी कार्यरत रहदासम्म मुद्दा पेसीमा चड्न सकेको थिएन।त्यस यता के हुदैछ वर्तमान नेतृत्वलाई थाहा होला।सर्वोच्चमा परेको रिटमा कुनै पनि रिट निवेदकले अहिले हल्ला भए जस्तो ओम प्रविष्टि कोशबाट हटाएको वा हटाउन लागे निवेदनमा उल्लेख गरेका छैनन् । हुदै नभएको कुरा उल्लेख हुने सन्दर्भ नै थिएन। रिटमा उठाइएका कुरा सच्चिइसकको जानकारी सम्मानित अदालतलाई भइसकेकाले सोही बमोजिम यथा समयमा अदालतबाट निर्णय होला नै।

यसरी विवादित वर्णविन्यास सच्याई विवादित विषय टुङ्गो लागिसकेको अवस्थामा मान्छेको धार्मिक आस्थासॅग जोडिएको संवेदनशील कुरामा निराधार हल्ला चलाई मुलुकमा कायम रहेको सामाजिक एवम् सास्कृतिक सद्भाव बिथोल्न खोज्ने दुष्प्रयास कसैवाट हुनु जघन्य अपराध नै हो।यस्तो कुरा सभ्यसमाजमा अक्षम्य नै हुन्छ।

विवेक हामी मान्छेको सर्वश्व हो।विवक गुमाएर पशु हुने कर्म हामी कसैले नगरौॅ ।इति।

गङ्गाप्रसाद उप्रेती

पूर्वकुलपति

नेपाल प्रज्ञा प्रतिष्ठान।