२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन वार्ताका लागि आउनुभएको होइन– अभियन्ता ईः



अ+ अ-

काठमाडौँ । विगत केही दिनदेखि आन्दोलन गरिरहेको अभियन्ता ईः ले वार्ताका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह नआउनुभएको बताएको छ ।

सामाजिक सञ्जालमा अभियन्ता ईः ले भनेको छ, “मेयर यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्।”

करीब २० मिनेट अगाडि अकस्मात एक नगर प्रहरीले हप्काउँदै आफूहरुलाई राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाएको भन्दै अभियन्ता ईः ले भनेको छ, “हामीले कानून विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौँ। नगर प्रहरीले रिसाएर जवाफ दिए– ‘त्यसोभए मेयरले भेट्दैन’ ।”

यसअघि सामाजिक सञ्जालमार्फत नै महानगर प्रमुख बालेनले विगत केही दिनदेखि आन्दोलन गरिरहेको अभियन्ता इ वार्तामा आउन नचाहेको बताउनुभएको थियो । अभियन्ताहरु भएकै ठाउँमा गएर वार्ता गरी समस्या समाधान गरौँ भन्दा उनीहरु वार्तामा नआएको उहाँको भनाइ थियो ।