१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

साढे चार हजारभन्दा बढीमा परीक्षण हुँदा २७ जनामा सङ्क्रमण

साढे चार हजारभन्दा बढीमा परीक्षण हुँदा २७ जनामा सङ्क्रमण
अ अ+ अ-

काठमाडौैं । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार ७४७ जनामा कोरोना परीक्षण गर्दा २७ जनामा सङ्क्रमण देखिएको हो । 

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ३७६ रहेको छ । पछिल्लो समय २२० कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको सङ्ख्या नौ लाख ६१ हजार ७८१ पुगेको छ । निको हुने दर ९८।३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । 

मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा ललितपुर, काठमाडौँ, चितवन, कास्की र बाँके रहेका छन् । शून्य सङ्क्रमित भएका जिल्ला मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्ला रहेका छन् । नेपालमा सङ्क्रमणदर १७।८ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा चार हजार ३०२, संस्थागत आइसोलेसनमा ७४, आइसीयुमा २८ र भेन्टिलेटरमा छ जनाको उपचार हुँदैछ । पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ९८४ जनाले खोप लगाएका छन् ।