• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

वर्षापछि धनगढी जलमग्न



सुदूरपश्चिम । आज बिहानको अविरल वर्षासँगै धनगढीस्थित सेती प्रादेशिक अस्पतालभित्र पानी पसेपछि बिरामीको उपचार व्यवस्थापनमा कठिनाइ भएको छ ।

अस्पतालको पुरानो भवनमा झन्डै एक फिटसम्म पानी जमेपछि उपचार व्यवस्थापनमा कठिनाइ भएको हो । जमेको पानीले बिरामी कुरुवा र स्वास्थ्यकर्मीलाई आवागमनमा समस्या भएको छ ।

वर्षासँगै धनगढी उपमहानगरपालिका क्षेत्रका अधिकांश बस्ती जलमग्न भएका छन् । बजारका मुख्य सडकमा दुई/तीन फिटसम्म पानी जमेपछि आवागमन असहज बनेको छ । अधिकांश सरकारी कार्यालय परिसर जलमग्न बनेका छन् । उपमहानगरपालिका कार्यालयले स्काभेटरमार्फत जमेको पानी निकासको प्रयास थालेको छ । रासस