काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा मात्रै ८९५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। कोरोनाले महराष्ट्रमा एक दिनमा अहिलेसम्म यति धेरै मानिसको मृत्यु भएको थिएन।
महराष्ट्रमा मंगलबार ६६ हजार ५३८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। योसमेत यहाँ कूल संक्रमितको संख्या ४४ लाख १० हजार ८५ पुगेको छ।











