२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंक अन्तरबैंक महिला फुटसल २०८० को बिजेता



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८० को महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ । संविधान दिवसको अवसरमा आयोजना गरिएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८० मा महिलातर्फ २० वटा बैंक तथा वित्तीय संस्थाहरु सहभागी भएका थिए ।

उक्त प्रतियोगितामा पुरुष र महिलातर्फ खेल भएको थियो । प्रतियोगितामा महिलातर्फको बिजेता हुनुका साथै सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकको उपाधिसमेत जितेको छ । फाइनल खेलमा ग्लोबल आइएमई बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई २–१ ले हराएको हो । प्रतियोगिता भरी ग्लोबल आइएमई बैंकले आफनो सम्पूर्ण खेलहरुमा सहज जित निकालेको थियो ।

त्यस्तै, सर्वाधिक गोलकर्ताको उपाधी ग्लोबल आइएमई बैंकका चन्द्रिका भट्टले हात पारेकी छिन । उनले ७ गोल गरी सर्वाधिक गोलकर्ताको उपाधी पनि जितिन् । साथै, बैंकका तर्फबाट गोल रक्षक केष माया गुरुङ्गले सबै खेलहरुमा उत्कृष्ट बचाउ गर्नुका साथै फाइनल खेलमा आफ्नो टिमको तर्फबाट पेनाल्टी हाल्ने अवसरलाई गोलमा परिणत गरी टिमलाई बिजेता बनाउन महत्वपूर्ण भूमिका खेलिन् ।

बिजेता ग्लोबल आइएमई बैंकको तर्फबाट टिम कप्तान चन्द्रिका भट्टको नेत्तृवमा लुनिभा भुजुँ, पुष्पा कोईराला, शुभेक्षा बिडारी, राम कुमारी लिम्बु, केष माया गुरुङ्ग र शोभा न्यौपाने सहभागि भएका थिए । टिम ब्यवस्थापकको भूमिकामा गुन्जिता शर्मा र प्रशिक्षकमा सागरबहादुर सिंहको सहभागिता थियो । टिम प्रशिक्षक सिंहले उक्त प्रतियोगितामा आफ्नो टिमलाई विजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।




भर्खरै