२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकहरुले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान नभएको भन्न मिल्दैन: गभर्नर अधिकारी



file photo
अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताउनुभएको छ ।

शनिवार त्रिभुवन विश्वविद्यालय केन्द्रिय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै यस्तो बताउनुभएको हो । गभर्नर अधिकारीले बैंकहरुको कर्जा प्रवाह मुलुकको जिडिपी भन्दा धेरै हुँदा पनि कर्जा प्रवाह नभएर अर्थतन्त्र चलायमान हुन नसकेको भन्ने गरिएको बताउनु भयो । उहाँले बैंकहरुले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान हुन नसेको भन्नेकुरा गलत भएको बताउनु भयो ।

उहाँले अर्थतन्त्र चलायमान हुँदा मात्रै बैंकहरुले कर्जा दिने बताउनु भयो। उहाँले बैंकहरुले कर्जा दिएर मात्रै अर्थतन्त्र चलायमान हुने भन्ने भ्रममा बस्न नहुने बताउनु भयो। उहाँले नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने आर्थिक तथ्याङ्कहरु चुनौति दिने प्रचलन रहेको बताउनु भयो । उहाँले नेपालको अर्थतन्त्रका धेरै प्यारामिटरहरुमा चुनौति रहेको बताउनु भयो । उहाँले नेपालको अर्थतन्त्रमा धेरै मनि सप्लाई भएको वर्ष थोरै मूल्यवृद्धि भएको उदाहरणहरु रहेको बताउनु भयो ।

गभर्नर अधिकारीले पछिल्लो समय विश्वका केन्द्रिय बैंकहरुले अर्थतन्त्रलाई स्थायित्व दिन र मूल्यवृद्धि नियन्त्रणको लागि नीतिगत रुपमा कडाईका साथ उभिएको बताउनु भयो । उहाँले मुलुकको मूल्यवृद्धि नियन्त्रणमा राष्ट्र बैंकको पनि महत्वपूर्ण भुमिका हुने गरेको बताउनु भयो । उहाँले केन्द्रिय बैंकले लिने नीतिको प्रभाव मूल्य वृद्धिमा पर्ने बताउनु भयो।

उहाँले भन्नुभयो,‘विश्वका केन्द्रिय बैंकहरुले अर्थतन्त्रका विषयमा पोजिसन लिइरहेको देखिन्छ । स्वयत्तताको कुरा गरिरहेको पाउँछौं । त्यो केको लागि भन्दा म्यान्डेट पूरा गर्नको लागि हो । मूल्यवृद्धि नियन्त्रणमा राष्ट्र बैंकको सीमा कति भन्ने कुरा आफ्नो ठाउँमा छ । मागबाट सिर्जना हुने मूल्यको सन्दर्भमा धेरै सीमाहरु हुँदा हुँदै पनि केन्द्रिय बैंकको भूमिका महत्वपूर्ण रहन्छ । नेपालको अर्थतन्त्रमा धेरै प्यारामिटरहरु चुनौति दिन्छन् । सिद्धान्तलाई चुनौति दिने प्राक्टिस छ । जुन वर्ष धेरै मनि सप्लाई हुन्छ । त्यो वर्ष थोरै मूल्यवृद्धि भएको पनि हाम्रोमा उदाहरणहरु छन् । नेपालको कर्जा प्रवाह जिडिपी भन्दा धेरै छ ।’

‘अहिले नेपालको कर्जा प्रवाहमा बैंकले लोन नदिएको कारणले अर्थतन्त्र चलायमान भएन । बजार चलायमान भएर ऋण चाहिने हो की ऋण दिएर बजार चलायमान हुने हो । यस्तो खालको अवस्था छ । राष्ट्र बैंकको तथ्याङ्क र प्रणालीले कयौं ठाउँमा सिद्धान्तहरुलाई च्यालेज गर्छ । तर पनि स्वयत्तताको मूल्य जुन छ त्यो महत्वपूर्ण छ । केन्द्रिय बैंकको मेजरमेण्टको सन्दर्भमा राम्रो मोडल ल्याएको छ । जसले केन्द्रिय बैंकको उद्देश्य मुलुकको अर्थतन्त्र र मूल्यवृद्धि स्थायित्व राख्ने वा नराख्ने ?’

गभर्नर अधिकारीले राष्ट्र बैंकको गभर्नर र अर्थमन्त्री निरन्तर रुपमा आत्मनिभर अर्थतन्त्र बनाउने नीति बनाउन लाग्न आवश्यक रहेको बताउनु भयो ।




भर्खरै