२२ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकारको नियतमाथि शंका छैन तर राज्य सञ्चालनमा ढंग पुगेको छैनः मनिष झा पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर पेट्रोलियम पदार्थ चोरी गर्ने प्रहरी नियन्त्रणमा काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गर्‍योः एमाले सांसद राई कञ्चनपुरमा मल अभाव किन भन्ने प्रश्न यथावत सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय पूर्व एसएसपी दिपक रञ्जित राप्रपाको काठमाण्डौं महानगर अध्यक्षमा निर्वाचित दुबईको चर्चित ब्राण्ड ‘जमजम पफ्र्युम्स’ नेपालमा, ‘जमजम ब्रदर्स’ आइपुगे काठमाडौं जनकपुरधाममा साहु–महाजनको प्रदर्शनः भदौमा सिंहदरबार घेर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली शब्दकोशबाट ‘ॐ’ नहटाउन कांग्रेस नेता भण्डारीको चेतावनी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले नेपाली शब्दकोशबाट ॐ शब्द नहटाउन चेतावनी दिएका छन् । आईतबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले शब्दकोशबाट ॐ शब्द नहटाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गराए।

उनले सदियौँ देखि रहेको वैदिक सनातन धर्मविरुद्धमा सनातनीहरूलाई जिस्क्याउने र अपमान गर्ने काम भइरहेको बताउदै भने, ‘नेपाली शब्दकोशबाट ॐ शब्द हटाउने जुन कुरा आएको छ। त्यसबारे सरकारबाट स्पष्ट जानकारी चाहियो । यदि सत्य हो भने सरकारले त्यस्तो कार्य तुरुन्त बन्द गरोस्। सरकार के हेरेर बसेको छ ? यसबारे पार्टीको दृष्टिकोण के हो ?’

मुलुक इतिहासमै सबैभन्दा संकटमा पुगेको बताउदै उनले यसको दाग कांग्रेसलाई नलगाउन आग्रह गरे । उनले पार्टी महासमिति बैठकमा पनि हिन्दु राष्ट्रका विषयमा छलफल हुनुपर्नेमा जोड दिए ।