१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

कोरोनाका कारण रोकिएको ‘मेची–महाकाली खेल जागरण अभियान’ सुरु गरिँदै

कोरोनाका कारण रोकिएको ‘मेची–महाकाली खेल जागरण अभियान’ सुरु गरिँदै
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले कोभिडका कारण रोकिएको ‘मेची–महाकाली खेल जागरण अभियान’ शुरु गर्ने भएको छ । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले कोभिडका कारण रोकिएको मेची–महाकाली खेल जागरण अभियान शुरु गर्ने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै महासंघका संयोजक कृष्ण (पर्शुराम) बस्नेतले गत माघ २३ गते बसेको महासंघको सातौँ केन्द्रिय पदाधिकारी बैठकले तीव्र गतिमा आफ्ना मातहतका सबै तहका अधिवेशनहरु सम्पन्न गर्ने निर्णय गरेको बताउनु भयो । 

उहाँले खेलकुद महासंघको सदस्यता लिएका खेलाडी तथा खेल प्राविधिकहरुको खेलकै क्रममा दुर्घटना भई घाईते भएमा उपचारार्थ सहजीकरण गर्ने, अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई मेडल प्राप्त गर्ने खेलाडी तथा टिमलाई प्रोत्साहन गर्ने, बंगलादेशमा सम्पन्न भएको एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा प्रथम हुन सफल नेपाली महिला टिमलाई आगामी फागुन ७ गते नगदसहित सम्मान गर्ने पनि निर्णय गरेको बताउनु भयो । 

संयोजक बस्नेतले भन्नुभयो, ‘यो आयोजक कमिटीले तीव्र गतिमा आफ्ना आवादीक सबै तहका अधिवेशनहरु सम्पन्न गर्नेछौँ । जसरी हामीले सातै प्रदेशका अधिवेशनहरु प्रजातन्त्र दिवसको अवसरमा हामीले त्यसको उद्घाटन गर्नेछौँ । हामीले फागुन २१ गते सुखानी शहीदहरुको सम्झनामा प्रदेश १ को अधिवेशन सम्पन्न गरेर त्यसको समापन गर्नेछौँ । 

फागुन ७ गते राष्ट्रको नाम राख्ने विभिन्न पदक प्राप्त खेलाडीहरु जस्तो भलिबल टिमले नेपाललाई संसारमा चिनाउँदै जुन विजय हासिल गरेको छ, त्यो टिमलाई हामी नगदसहित सम्मान गर्ने योजना बनाएका छौँ । अर्को कुरा वर्षभर पदक ल्याउनेहरु विभिन्न अफिसियल, अन्तराष्ट्रिय गेमहरुमा पदक ल्याउने खेलाडीहरु र उत्कृष्ट खेलाडीहरुलाई सम्मान र प्रोत्साहन गर्ने, पदक बढी ल्याउनका लागि उत्साहीत गर्ने त्यो खालको इच्छाशक्ति, बल, क्षमता वृद्धिका लागि पहल गर्नेछ । 

खेलकुदलाई कुनै पनि बहानामा सरकारले गति शुन्य राख्न सक्दैन । गतिविधि तीव्र गतिमा गर्नका लागि चरणवद्ध पहलकदमी गरिरहेका छौँ । हामी मेचीदेखि महाकालीसम्म खेल जागरण अभियान शुरु गर्न गइरहेका छौँ । मेचीदेख शुरु गरेको खेल जागरण अभियान महाकालीमा गएर समापन गर्नेछौँ । यसले खेलाडीहरु खेलप्रेमीहरुलाई जोड्न सहज हुने विश्वास छ ।’

महासंघले राष्ट्रिय खेलकुद परिषद्मा देखिएको अन्यौलताका कारण आम खेलकुद जगत नै सुस्ताएको भन्दै तत्काल समस्या समाधान गर्न सरकार तथा न्यायालयको ध्यानाकर्षण समेत गराएको छ । त्यस्तै महासंघले नवौं राष्ट्रिय खेलकुद आयोजनाको मिति अविलम्व घोषणा गर्न, खेल र खेलाडीको हकहीत, अधिकार र सामाजिक सुरक्षाका लागि पनि सम्बन्धित निकाय र नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।