२२ असार २०८३, सोमबार
,
Latest
निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ होइन भिडमाडौँ (भिडियो सहित)



अ+ अ-

काठमाडौं । आज काठमाडौँ, काठमाडौँ  नभएर भिडमाडौँको रुपमा परिणत भएको छ । 

यो भीड नयाँ बसपार्क गंगबुको हो । भोलि १६ गतेदेखि काठमाडौँ उपत्यकामा १ हप्ता लामो निषेधाज्ञा लाग्ने भएपछि काठमाडौँ बाहिर जानेको भीड हो यो । निषेधाज्ञा थप हुने आशङ्काले काठमाडौँ छोड्नेको संख्या बढेको छ ।

यो लाइन विभिन्न अस्पताल अगाडी खोप लगाउन बसेकाहरुको हो । सरकारले आइतबारबाट १८ वर्षदेखि ५९ वर्षसम्मका व्यक्तिहरुलाई खोप लगाउन थालेको छ । खोप केन्द्र थोरै हुनु र बिहीबार बिहानदेखि निषेधाज्ञा सुरु हुने भएपछि भीड बढेको छ । 

यो लाइन पेट्रोल पम्प अगाडिको हो । निषेधाज्ञाको समयमा अत्यावश्यक कामका लागि निस्कनु परेमा पेट्रोल नपाइने डरले थप सञ्चय गर्न उपभोक्ता लाइनमा बसेका छन् ।

यो दृश्य एक सपिङ सेन्टर भित्रको हो । भोलिबाट निषेधाज्ञासँगै बजार, पसल बन्द हुने डरले उपभोक्ता सपिङ सेन्टरमा पुगेका छन् । आवश्यक सामान एकै ठाउँमा पाइने भएकोले पनि उपभोक्ता एकै पटक सपिङ सेन्टरमा पुगेका छन् । 

यी भीडहरु सरकारको अव्यवस्था  र फितलो योजनाको परिणाम हो । करिब ८ लाख मानिस काठमाडौँ बाहिरिनसक्ने अनुमानकाबीच २ दिनको समय मात्र राखेर निषेधाज्ञाको मिति तोक्नु गलत भएर होला अहिले काठमाडौँ भिडमाडौँ बनेको छ । भीडले सबैको घरमा कोरोना लैजान सहयोग गरिरहेको बारे कसले प्रश्न गर्ने ?