५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

साङ्गीतिक चलचित्र ‘हे दैव’ सार्वजनिक, भक्कानिए राजेश

साङ्गीतिक चलचित्र ‘हे दैव’ सार्वजनिक, भक्कानिए राजेश
अ+ अ-

काठमाडौँ। साङ्गीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले साङ्गीतिक चलचित्र बनाएको छ । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ‘हे दैव’शीर्षकको सो चलचित्र रिलिज गरिएको छ ।

भुटानी शरणार्थीको रूपमा झापाको बेलडाँगीबाट अमेरिकाको एटलान्टा पुगेका स्व. केरुङको वास्तविक कथामा आधारित सो चलचित्र सार्वजनिक कार्यक्रममा केरुङको परिवारसँग नजिक भएका गायक राजेश पायल राई भक्कानिए । सुरेशसँगका पलहरू सम्झिँदै राईले केरुङ परिवार आफ्नै परिवार जस्तै भएको बताए । उनले गत वर्ष निधन भएका सुरेशको परिवारसँगको भावनात्मक सम्बन्धका कारण उनीहरू बस्ने सहर एटलान्टामा हुने सबै कार्यक्रम रद्द गरेको बताए । केरुङ परिवार भने रिलिज कार्यक्रममा उपस्थित थिएनन् । परिवारको प्रतिनिधित्व पनि गायक राईले नै गरेका थिए ।

कार्यक्रममा कलाकार कविता आलेले आफूले सुरेशलाई कहिल्यै नभेटेको भएता पनि छायाङ्कनको क्रममा आफूछेउ आएको जस्तै भान भएको बताइन् । कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुगेका साङ्गीतिक सङ्घ नेपालका अध्यक्ष प्राज्ञ चेतन सापकोटाले वास्तविक कथालाई साङ्गीतिक चलचित्रमा उतार्नु जोखिमपूर्ण काम भएको तर निर्देशक यसमा सफल भएको बताए । सापकोटाले भिडियो मार्फत आफ्नो सन्तान गुमाउन पर्दा परिवारलाई परेको आघातलाई जस्ताको तस्तै उतारेर समाजमा ठुलो सन्देश छोडेको बताए ।

यस साङ्गीतिक चलचित्रको गीतमा शब्द रचना विक्रम साङ्पाङको रहेको छ भने सङ्गीत शङ्कर थापा ‘स्माइल’को रहेको छ । यसमा राजेश पायल राई, प्रविशा अधिकारी र सुनिता थेगिमको स्वर रहेको छ ।

२० मिनेट लम्बाइको यस चलचित्रलाई देव जङ्ग थापाले निर्देशन गरेका छन् । यसमा माओत्से गुरुङ, कविता आले, बुद्धि तामाङ, एलिशा राई, रजनी गुरुङ, अनिल सुब्बा, दिप्सन आङ्बो र धनु ग्याङ्मीको अभिनय रहेको छ । सिनेमाटोग्राफर ज्ञानेन्द्र शर्मा हुन् भने सम्पादक विवेक उप्रेती हुन् । प्रोडक्सन डिजाइन दिपेन गौतम ‘माइकल’ले गरेका छन् ।