५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

समृद्ध नेपाल सुखि नेपालीको नारा यथार्थमा बदल्न महिला र पुरुष एकजुट हुनुपर्छः उपप्रमुख डंगोल

समृद्ध नेपाल सुखि नेपालीको नारा यथार्थमा बदल्न महिला र पुरुष एकजुट हुनुपर्छः उपप्रमुख डंगोल
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकि उपप्रमुख सुनिता डंगोलले महिला र पुरुष एकजुट भएर अघि बढेमात्रै समृद्ध नेपाल, सुखि नेपालीको परिकल्पना यथार्थमा परिणत हुने बताउनुभएको छ ।

शुक्रवार अखिल नेपाल महिला संघ काठमाडौं महानगरपालिका कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले एमालेले परिकल्पना गरेको सुखि नेपाली समृद्ध नेपाललाई यथार्थमा परिणत गर्न महिला र पुरुष एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको हो । उहाँले महिला अघि बढ्नु भनेको पुरुषलाई पछाडी पार्नु नभएको भन्दै एकै रथको दुई पांग्रा भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पार्टीलाई सुदृढ बनाउने हो भने सक्षम युवाहरुलाई राजनीतिमा अघि सार्नुपर्ने बताउनु भयो । उहाँले पार्टीका हरेक संगठनहरुमा युवाहरुलाई तयार पार्दै लैजानुपर्ने बताउनु भयो । उहाँले राजनीतिमा आउने युवाहरुले पेशालाई पनि सँगसँगै जोड्दै लैजानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘समृद्ध नेपाल सुखि नेपालीको नारा तब यथार्थमा बदल्छ जब महिला र पुरुष सँगसँगै एकजुट भएर अघि बढ्छ । महिला अघि बढ्नु भनेको पुरुषलाई पछाडी पार्नु कदापी होइन । महिला र पुरुष सँगसँगै एकै रथको दुई पांग्राको हिसाबले हामी अघि बढ्न सक्यौँ, एकअर्कालाई साथ दिनसक्यौँ भने बल्ल हामीले सोचेको समृद्ध नेपाल, सुखि नेपालीको परिकल्पना यथार्थ हुनसक्छ । र हामी सबैले भन्दै आएको मिशन ८४ मा हामीले एकजुट भएर लाग्ने हो ।

युवा पुस्तालाई पनि सँगसँगै लग्नुपर्ने आवश्यकता छ । पार्टीलाई अझ सुदृढ गर्दै जाने हो भने सक्षम युवालाई अघि सार्नुपनि आजको आवश्यकता हो । यो कुरालाई मनन गर्दै अगाडी बढ्नुपर्छ । पार्टीका हरेक संगठनमा पनि युवाहरुलाई ग्रुम गर्दै लैजानुपर्ने आजको आवश्यकता छ । समयमै ग्रुम गर्दै नलग्ने हो भने हामी धेरै पछि पर्छांै । पछि पर्न हामी तयार छैनौँ ।

हामी अघि बढ्न तयार छौँ भने आजको मागलाई सम्बोधन गर्दै अगाडी बढ्नुपर्नेछ । युवालाई पार्टीमा स्वागत गर्दै जाने हो भने हामीले पेशालाई पनि सँगसँगै जोड्दै लैजानुपर्छ र दिनचर्यालाई पनि राजनीति सँगसँगै जोड्दै लैजानुपर्नेछ ।’

उहाँले पार्टीको महत्व झल्काउने काम गर्न डटेर लाग्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गर्नुभयो ।