• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली ★   वीरगञ्जमा सिद्धार्थ बैंकमा भीषण आगलागी ★   ओलीसँगको भेटबारे देउवाको ब्रिफिङ: हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ ★   रोहितको सन्याससँगै को बन्ला भारतको नयाँ टी–२० कप्तान ? ★   प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद ★   सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन ★   किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण ★   म्याग्दीका किसान टिम्मुर खेतीतर्फ आकर्षित ★   न्यायिक प्रणालीको विकास, समयको आवश्यकता र औचित्यताका आधारमा बजेट वितरण भएको छ: अर्थमन्त्री पुन

राष्ट्रपति पौडेल पद पाएकाले सरकारप्रति कृतज्ञ हुुनुहुन्छः ओली



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अपराधको राजनीतिकरण गरिरहेको टिप्पणी गर्नुभएको छ ।

अध्यक्ष ओलीले अपराधीलाई आममाफी दिने काम गरेर सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गरिरहेको जिकिरसमेत गर्नुभयो । राष्ट्रपति रामचन्द्र पौडेल बुढेसकालमा पद पाएकोमा सरकारप्रति कृतज्ञ भएकाले अपराधीको सजाय मिनाहा गर्ने सरकारको निर्णय स्विकार गरेको उहाँको भनाई थियो । शुक्रवार पार्टीको केन्द्रिय अर्थ तथा योजना विभागले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको ध्यान शान्ति प्रक्रियालाई टुंग्याउने भन्दा पनि हिंसालाई उत्सवको रुपमा मनाउनेतिर रहेको दोहोर्याउनु भयो ।

फागुन १ गते माओवादी विद्रोहको शुरु भएको दिनलाई सार्वजनिक विदा दिने सरकारको निर्णय स्मरण गराउँदै उहाँले सरकारले हिंसालाई उत्सवको रुपमा मनाएर शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने उल्टो बाटो लिएको बताउनु भयो । अध्यक्ष ओलीले सरकारले ध्यान गरिवी निवारण, मुलुकको विकास र समृद्धितिर नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, सरकारलाई राम्रो कामको निम्ति बाध्य पार्नुपर्छ या त सत्ता परिवर्तन गर्न सक्नुपर्छ । ‘हिंसा फैल्याउनका लागि गौरवगाथा दिवस मनाइन्छ । अनि सरकारको ध्यान कता छ भन्ने कुरा नि । मैले त्यसबेला यो नगर्नुस् भने । तर उहाँहरुको साँठगाँठ अर्कातिर भईसकेको हुनाले प्रचण्डजीले मलाइ जवाफ दिनुभयो–शेरबहादुर जीसँग मेरो कुरा भइसकेको छ । म यो गर्छु ।

उहाँ एउटा अठोटमा पुगिसक्नुभएको थियो । नगर्नुस् भन्ने मेरो कुरो हो । म फेरििपनि नगर्नुस् भन्छु । जसले गरेपनि । तपाई यो शान्ति प्रक्रिया टुंगोमा पुर्याउन खोज्दै हुनुहुन्छ । हिंसालाई राष्ट्रिय दिवसको रुपमा बिदा मनाएर । तपाई आफ्ना कार्यकर्तालाई पैसा बाँड्दै हुनुहुन्छ । हिंसा दिवस मनाएर उन्माद चढाउँदै हुनुहुन्छ । र, शान्ति प्रक्रिया टुंगो लगाउँदै हुनुहुन्छ । यो कुरा गर्नु हुन्छ । हिंसा दिवस र शान्ति प्रक्रिया सँगसँगै जाने कुरा हो र ?

एउटाको घाउमा नुनचुक छर्किएर, पीडितमाथि न्याय होइन, उसमाथि अन्याय र अपमानले घोचेर शान्ति प्रक्रिया टुंगो लाग्छ ? मैले यो प्रसंग किन मात्रै भनेको हो भने सरकारको ध्यान कता छ ? यतिबेला के हिंसालाई उत्सव मनाउनुपर्ने थियो र ? थिएन । सरकारले राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गरिराखेको छ । अपराधी जेलमा बस्नु पर्दैन । प्रोफेसरको ढाँड भाँचिदियो भने मुद्दा फिर्ता लिन्छ । प्रोफेसरको जिन्दगी बर्बाद भइराखेको छ ।

एउटा क्रिमिनलको मुद्दा नचलाउन खोज्छ । दवाव दिएर चलायो भने फिर्ता लिन्छ । राष्ट्रपति महोदय बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञ हुनुहुन्छ । सरकारले जे लग्यो, त्यो बडो खुशीका साथ स्वीकार्नु हुन्छ । अब यो स्थितिमा अब राज्यको यो ग्रयाजुएशन, विकास, गरिवी निवारणलगायतका कुराहरुमा राज्यको ध्यानै छैन ।’

अध्यक्ष ओलीले सरकारले अपराध कर्ममा लागेकाहरुको मुद्दा फिर्ता लिएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।