२२ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकारको नियतमाथि शंका छैन तर राज्य सञ्चालनमा ढंग पुगेको छैनः मनिष झा पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर पेट्रोलियम पदार्थ चोरी गर्ने प्रहरी नियन्त्रणमा काठमाडौँमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गर्‍योः एमाले सांसद राई कञ्चनपुरमा मल अभाव किन भन्ने प्रश्न यथावत सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय पूर्व एसएसपी दिपक रञ्जित राप्रपाको काठमाण्डौं महानगर अध्यक्षमा निर्वाचित दुबईको चर्चित ब्राण्ड ‘जमजम पफ्र्युम्स’ नेपालमा, ‘जमजम ब्रदर्स’ आइपुगे काठमाडौं जनकपुरधाममा साहु–महाजनको प्रदर्शनः भदौमा सिंहदरबार घेर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटको बिस्तार र सबलीकरणमा उच्च प्राथमिकता दिन्छौँ: कार्यवाहक प्रधानमन्त्री खड्का



अ+ अ-

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले क्रिकेट पूर्वाधार निर्माण र व्यवसायीकरणका लागि यथेष्ठ लगानीको वातावरण बनाउनुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा शुरु भएको नेपाल क्रिकेट संघको केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समितताहरु हुँदाहुँदै पनि नेपाली क्रिकेटको प्रश्तुती गौरवयोग्य रहेको बताउनु भयो । उहाँले चुनौतिहरुका बाबजुद क्रिकेटमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै बढोत्तरी गरेर यसका नियमाक निकायमा अवाञ्छित हस्तक्षेप रोक्नुमात्र अब पर्याप्त नहुने भन्दै क्रिकेटमा लगानी बढाउने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताउनु भयो ।

उपप्रधान एवं रक्षामन्त्री खड्काले खेल क्षेत्रलाई थप मर्यादित, सुरक्षित, एवं व्यवसायिक तुल्याउन सरकारी तथा निजी क्षेत्रबाट उदारतापूर्वक अघि बढ्नु आजको आवश्यकता भएको बताउनु भयो । उहाँले नेपाली टिमको औषत आयु हेर्दा विश्वका जवान टिममध्ये एक भएको भन्दै थुप्रै क्रिकेटप्रेमी युवाहरु सुनौलो अवसरको आशामा क्रिकेटमार्फत आफ्नो खेल सक्षमता र कुशलता प्रदर्शन गर्न आतुर रहेको बताउनु भयो । उहाँले क्रिकेटको बिस्तार र सबलीकरण गर्न उच्चतम प्राथमिकताका साथ काम अघि बढाउने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीसँग थुप्रै सिमितताहरु हुँदाहुँदै पनि नेपाली क्रिकेटको यो किसिमको खेलको कुशलता, वास्तवमा नै गौरवयोग्य विषय हो । विशेष गरी हाम्रा खेलाडीहरु प्रशंसाका पात्र हुनुहुन्छ । तमाम चुनौतिहरुका बाबजुद क्रिकेटमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै बढोत्तरी गरेर यसका नियमाक निकायमा अवाञ्छित हस्तक्षेप रोक्नुमात्र पर्याप्त हुँदैन, त्यसका साथै क्रिकेट पूर्वाधार निर्माण र व्यवसायीकरणका लागि यथेष्ठ लगानीको वातावरणसमेत हामीले बनाउनु छ ।

खेल क्षेत्रलाई थप मर्यादित, सुरक्षित, एवं व्यवसायिक तुल्याउन सरकारी तथा निजी क्षेत्रबाट उदारतापूर्वक अघि बढ्नु आजको आवश्यकता हो । नेपाली टिमको औषत आयु हेर्दा विश्वका जवान टिममध्ये एक हो । हाम्रो मुलुक यतिबेला जनसांख्यिक लाभांशमा छ । नेपाल युवाहरुको बाहुल्य भएको देश हो । थुप्रै क्रिकेटप्रेमी युवाहरु सुनौलो अवसरको आशामा क्रिकेटमार्फत आफ्नो खेल सक्षमता र कुशलता प्रदर्शन गर्न आतुर हुनुहुन्छ । नेपालको क्रिकेटको बिस्तार र सबलीकरण गर्न उच्चतम प्राथमिकताका साथ काम अघि बढाउने विषयमा नेपाल सरकारको तर्फबाट प्रतिवद्धता जनाउँछु ।’

कार्यवाहक प्रधानमन्त्री खड्काले नेपाल सरकार र संवद्ध सबै संघसंस्था र खेलाडीहरु स्वयंले पनि नेपालको महिला क्रिकेट टिमलाई सशक्त र मजबुत तुल्याउन दीर्घकालीन योजना बनाइ उच्च तदारुकताका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले कीर्तिपुर खेल मैदानमा भौतिक विकास गर्नका लागि २८ करोडको बहुवर्षीय ठेक्का अगाडि बढेको बताउनु भयो ।