२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेमा विद्यालय सञ्चालन गर्न निर्देशन



अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका स्थानीय तहका प्रमुखले तत्काल विद्यालयमा शिक्षण कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुखको आज धुलिखेलमा सम्पन्न संयुक्त बैठकले उक्त निर्देशन दिएको हो ।

विद्यालय अनिश्चितकालीन बन्द गर्दा विद्यार्थीको शैक्षिक अधिकार हनन् भएको ठहर गर्दै काभ्रेपलाञ्चोकका स्थानीय जनप्रतिनिधिले उक्त निर्देशन दिएका हुन् । नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाको संयोजकत्वमा बसेको बैठकले विज्ञप्ति जारी गर्दै बन्द गरिएका विद्यालय तत्काल सञ्चालन गर्न निर्देशन दिएको हो ।

“विद्यालय बन्द गर्दा बालबालिकाको शैक्षिक अधिकार हनन् हुनुका साथै शिक्षामा ठूलो असर परेकाले सबै सरोकारवाला संवेदनशील भई तत्काल विद्यालय सञ्चालन गर्नुपर्ने निष्कर्ष निकाली विद्यालय सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेका हौँ”, लामाले भन्नुभयो ।

विज्ञप्तिमा काभ्रेपलाञ्चोकका १३ मध्ये दश स्थानीय तहका प्रमुखले हस्ताक्षर गर्नुभएको छ । तत्काल विद्यालय सञ्चालन नगरेमा स्थानीय सरकारले कानुनअनुसार पठनपाठन सञ्चालन गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त बैठकले नेपाल सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयक २०८० प्रति असन्तुष्टि व्यक्त गरेको छ ।रासस




भर्खरै