४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भवनबाट खसेर थ्री इडियट्सका ‘लाइब्रेरियन दुबे’को निधन



अ+ अ-

एजेन्सी । राजकुमार हिरानी निर्देशित आमिर खान अभिनित ब्लकबस्टर फिल्म ‘३ इडियट्स’मा लाइब्रेरियन दुबेको भूमिका खेलेर चर्चित बनेका अभिनेता अखिल मिश्राको दुर्घटनामा निधन भएको छ ।

अभिनेता मात्र ५८ वर्षका थिए । अभिनेताका साथी तथा अभिनय प्रशिक्षक कुलविन्दर बक्शीले अखिलको दुखद निधनबारे खबर पुष्टि गरेका थिए । भवनबाट खसेर उनको मृत्यु भएको बताइएको छ ।

रिपोर्टका अनुसार ५८ वर्षीय अखिल मिश्र बालकनीमा केही काम गरिरहेको बेला उनको खुट्टा चिप्लिएर भवनबाट तल खसेका थिए । अभिनेताको शव पोष्टमार्टमका लागि पठाइएको छ । अखिलको परिवारमा उनकी श्रीमती सुजैन बर्नर्ट छन्, जो एक जर्मन अभिनेत्री हुन् । अखिलले अन्तिम सास लिँदा उनी हैदराबादमा थिइन् ।

अखिल मिश्रा बलिउडका धेरै ठूला फिल्मको हिस्सा बनेका छन् । उनले भंवर, उत्तरन, उडान, सीआईडी, श्रीमान श्रीमती, भारत एक खोज, रजनी जस्ता शोहरु गरिसकेका छन् ।

फिल्मको कुरा गर्दा उनले डन अब्बा, हजारों ख्वाइसें ऐसी, थ्री इडियट्समा काम गरिसकेका छन् । अखिलले वर्षौंसम्म उद्योगमा काम गरे तर उनलाई थ्री इडियट्समा लाइब्रेरियन दुबेको भूमिकाबाट पहिचान मिल्यो । सिरियल उत्तरनमा उमेद सिंह बुडेलाको भूमिकामा पनि उनलाई निकै रुचाइएको थियो ।