२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

भवनबाट खसेर थ्री इडियट्सका ‘लाइब्रेरियन दुबे’को निधन



अ+ अ-

एजेन्सी । राजकुमार हिरानी निर्देशित आमिर खान अभिनित ब्लकबस्टर फिल्म ‘३ इडियट्स’मा लाइब्रेरियन दुबेको भूमिका खेलेर चर्चित बनेका अभिनेता अखिल मिश्राको दुर्घटनामा निधन भएको छ ।

अभिनेता मात्र ५८ वर्षका थिए । अभिनेताका साथी तथा अभिनय प्रशिक्षक कुलविन्दर बक्शीले अखिलको दुखद निधनबारे खबर पुष्टि गरेका थिए । भवनबाट खसेर उनको मृत्यु भएको बताइएको छ ।

रिपोर्टका अनुसार ५८ वर्षीय अखिल मिश्र बालकनीमा केही काम गरिरहेको बेला उनको खुट्टा चिप्लिएर भवनबाट तल खसेका थिए । अभिनेताको शव पोष्टमार्टमका लागि पठाइएको छ । अखिलको परिवारमा उनकी श्रीमती सुजैन बर्नर्ट छन्, जो एक जर्मन अभिनेत्री हुन् । अखिलले अन्तिम सास लिँदा उनी हैदराबादमा थिइन् ।

अखिल मिश्रा बलिउडका धेरै ठूला फिल्मको हिस्सा बनेका छन् । उनले भंवर, उत्तरन, उडान, सीआईडी, श्रीमान श्रीमती, भारत एक खोज, रजनी जस्ता शोहरु गरिसकेका छन् ।

फिल्मको कुरा गर्दा उनले डन अब्बा, हजारों ख्वाइसें ऐसी, थ्री इडियट्समा काम गरिसकेका छन् । अखिलले वर्षौंसम्म उद्योगमा काम गरे तर उनलाई थ्री इडियट्समा लाइब्रेरियन दुबेको भूमिकाबाट पहिचान मिल्यो । सिरियल उत्तरनमा उमेद सिंह बुडेलाको भूमिकामा पनि उनलाई निकै रुचाइएको थियो ।




भर्खरै