२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक आन्दोलनमा वैद्य माओवादीका कार्यकर्ताको घुसपैठ : ११ जना पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँमा जारी शिक्षक आन्दोलनका क्रममा वैद्य निकट विद्यार्थी संगठनका कार्यकर्ताको घुसपैठ भएको छ ।

निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गरेपछि प्रहरीले वैद्य निकट विद्यार्थी संगठनका ११ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुले गरिरहेको आन्दोलनमा वैद्यनिकट विद्यार्थीहरु सहभागी भएका थिए । शान्तिपूर्ण आन्दोलन भइरहँदा उनीहरुले प्रहरीलाई घेरा तोडेर सिंहदरबारको दक्षिण गेटभित्र प्रवेश गरेका हुन् । उनीहरुले नाराबाजीसमेत गरेका थिए ।

शिक्षा विधेयकको विरोधमा आज दिउँसो सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहितका १७ जना रहेका र उनीहरुलाई अहिले सिंहदरबार वृत्तमा लगिएको छ ।




सम्बन्धित समाचार
भर्खरै